शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मेयर बालेनलाई कानुनी कारबाही गर्न युवा संघको माग

मेयर बालेनलाई कानुनी कारबाही गर्न युवा संघको माग

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • मेयर बालेनलाई कानुनी कारबाही गर्न युवा संघको माग

    सत्तारुढ नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगर कमिटीले मेयर बालेन्द्र साह (बालेन) को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कानुनी कारबाहीको माग गरेको छ। संघका अध्यक्ष दिपेश सुधाकारद्वारा जारी विज्ञप्तिमा मेयर बालेनले मदिराको सनकमा सामाजिक सञ्जालमा ‘टुकुचामा गाड्छु’ भन्ने आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाइएको छ ।

    युवा संघले बालेनले आफ्नै कमजोरीका कारण कर्मचारीको तलब रोकिएको विषयलाई अतिरञ्जित गरी ‘टुकुचामा गाड्छु’ भन्ने अभिव्यक्ति दिएको आरोप लगाउँदै भनेको छ, ‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र क्लबहरूमा रमाउँदै सस्तो लोकप्रियता खोज्ने यस्ता अभिव्यक्ति नदिन हामी सचेत गराउँछौं ।’

    संघले मेयर बालेनको अभिव्यक्तिले समाजलाई भड्काउने काम गरेको भन्दै तत्काल कानुनी कठघरामा ल्याउन माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘कहिले सिंहदरबारमा आगो लगाउँछु, त कहिले टुकुचामा गाड्छु भन्ने अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण हो । मेयरलाई कानुनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौं ।’

    युवा संघले बालेनलाई कानुनी दायरामा ल्याएर अनुसन्धान गर्नुपर्ने माग गर्दै सम्बन्धित निकायलाई जोडदार दबाब दिने चेतावनी दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार