शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ओलीजी र म जेलदेखिकै साथी हौं, पूर्ण समर्थन छः देउवा

ओलीजी र म जेलदेखिकै साथी हौं, पूर्ण समर्थन छः देउवा

‘गिरिजाबाबुले मलाई पार्टीबाट निकाल्नु भयो, मैले अर्को पार्टी खोलें’

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • ओलीजी र म जेलदेखिकै साथी हौं, पूर्ण समर्थन छः देउवा

    सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र पार्टीको पूर्ण समर्थन रहेको बताएका छन् । काठमाडौंमा आयोजित पुस्तक विमोचन समारोहमा उनले कांग्रेस सत्तासँग सहकार्य गरिरहेको र प्रधानमन्त्री ओलीलाई साथ रहेको बताएका हुन् ।

    कांग्रेस नेत्री सुजाता कोइरालाले लेखेको ‘म र मेरो सानुबुबा’ पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री ओलीको उपस्थितिमा देउवाले पुरानो सम्बन्ध स्मरण गर्दै भने, ‘प्रधानमन्त्री ओलीजी र म जेलदेखिकै साथी हौं। हामी जेलभित्रकै गोलघरमा पनि सँगै थियौं ।’

    उनले कांग्रेस र सरकारबीचको सहकार्य उल्लेख गर्दै थपे, ‘हाम्रो सम्बन्ध राम्रो छ, अहिले पनि राम्रोसँग अघि बढिरहेका छौं। कांग्रेसबाट प्रधानमन्त्रीलाई पूरा समर्थन छ ।’ महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता डा. शेखर कोइरालालगायतले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयप्रति असहमति जनाइरहेका बेला देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ रहेको स्पष्ट पारे ।

    देउवाले आफ्नो राजनीतिक यात्रामा गिरिजाप्रसाद कोइरालाको ठूलो योगदान रहेको उल्लेख गर्दै भने, ‘गिरिजाबाबुले मलाई पार्टीबाट निकाल्नु भयो, मैले अर्को पार्टी खोलें । पछि मिलौं भन्नु भयो, फेरि मिल्यौं । त्यही एकताको प्रस्ताव नभएको भए म कांग्रेसको सभापति बन्न सक्दिन थिएँ ।’ उनले पार्टी एकता प्रक्रियालाई स्मरण गर्दै थपे, ‘म पार्टी फोडेर हिँडेको मान्छे, तर गिरिजाबाबुले फेरि मिलौं भन्नु भयो, मिल्यौं, र अहिले सभापति बन्न पाएँ ।’

     

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार