शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कार्यकक्षमै कुटिए विद्युत् प्राधिकरण भरतपुरका प्रमुख, डिजिटल बोर्डमा ओलीविरोधी नारा

कार्यकक्षमै कुटिए विद्युत् प्राधिकरण भरतपुरका प्रमुख, डिजिटल बोर्डमा ओलीविरोधी नारा

चैत्र १२, २०८१ मंगलवार
चैत्र १२, २०८१ मंगलवार
  • कार्यकक्षमै कुटिए विद्युत् प्राधिकरण भरतपुरका प्रमुख, डिजिटल बोर्डमा ओलीविरोधी नारा

    नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात गरिएको छ । केन्द्रको डिजिटल बोर्ड ‘ह्याक’ गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गालीगलौज गरिएको भन्दै उनका समर्थक कुटपिटमा उत्रिएका हुन् ।

    मंगलबार (चैत १२) एक समूहले कार्यालय प्रमुख रामु श्रेष्ठमाथि हातपात गरेको वितरण केन्द्रद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  सोमबार (चैत ११) त्यहाँको डिजिटल बोर्ड ह्याक गरी ‘केपी ... छोड’ लेखिएको थियो ।

    नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्र चितवनको डिजिट डिस्प्ले ह्याक गरेर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक नारा लेखिएको छ। उक्त डिजिटल डिस्प्ले ह्यक गरेर ‘केपी चो…देश छोड लेखिएको हो। उक्त आपत्तिजनक नारा डिजिटल बोर्डमा लेखिएपछि आक्रोशित एमाले कार्यकर्ताहरूले प्राधिकरण चितवन वितरण केन्द्रका हाकिमलाई कुटपिट गरेका छन् ।

    उनीहरूले प्राधिकरण चितवनका कार्यालय प्रमुखको कार्यकक्षसमेत तोडफोड गरेका हुन् । प्राधकिरणका अनुसार सोमबार करिब १२ बजेतिर भरतपुर वितरण केन्द्रमा ग्राहकको सहजीकरणको लागि राखिएको डिजिटल सूचना बोर्ड ह्याक गरी प्रधानमन्त्री गाली गलौज र अपशब्दसहितको नारा अपलोड गरिएको थियो ।

    प्राधिकरणले यस्तो गैरकानुनी कार्यप्रति आपत्ति जनाउँदै। घटनाको सत्यतथ्य छानबिन गरी संलग्न व्यक्तिलाई साइबर क्राइम अनुसार सम्बन्धित निकायमा कारबाहीका लागि पत्राचारसमेत गरिएको जनाएको छ । तर मंगलबार बिहान १० बजे ३५-४० जनाको ठूलो समूह कार्यालय प्रमुखको कार्य कक्षमा प्रवेश गरी तोडफोड गरेको प्राधिकरणले जनाएको छ । यो समूहले कार्यकक्ष तोडफोडसहित कार्यालय प्रमुखलाई समेत कुटपिट गरेको प्राधिकरणले जनाएको छ ।

    यस घटनापछि सार्वजिक सेवा प्रवाह गर्ने प्रधिकरण भरतपुरका कर्मचारीहरू सुरक्षित नरहेको जनाउँदै तोडफोडमा संलग्नलाई सजायको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । सोही विषयमा मंगलबार बिहान करिब १० बजे ३५/४० जनाको समूहले प्रमुख श्रेष्ठमाथि हातपात गरेर कार्यालय समेत तोडफोड गरेको विज्ञप्तिमा उल्लेख छ ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार