शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

निर्माणाधीन दलित संग्रहालय भवन अलपत्र

निर्माणाधीन दलित संग्रहालय भवन अलपत्र

चैत्र ११, २०८१ सोमवार
चैत्र ११, २०८१ सोमवार
  • निर्माणाधीन दलित संग्रहालय भवन अलपत्र

    सुर्खेतको भेरीगंगा नगरपालिकामा निर्माणाधीन दलित संग्रहालयको भवन बजेट अभावमा अलपत्र परेको छ । दलित समुदायको ऐतिहासिक संस्कृति तथा पहिचान जोगाउन उद्देश्यले निर्माण थालिएको संग्रहालय संघीय सरकारले चालू आर्थिक वर्षमा बजेट विनियोजन नगरेपछि अलपत्र परेको हो । 

    पहिचान संरक्षणसँगै ग्रामीण पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सरकारले दलित संग्रहालय निर्माणको थालनी गरेको हो । भवन निर्माणको काम ८५ प्रतिशत सकिए पनि बजेट अभावमा १५ प्रतिशत काम बाँकी रहेको भेरीगंगा नगरपालिकाका सव–इन्जिनियर गणेश कार्कीले बताए । चालू आर्थिक वर्षमा सरकारले बजेट विनियोजन नगरेको तथा यसअघि गरेको कामको समेत भुक्तानी दिन नसक्दा काम अघि बढाउन नसकिएको उनको भनाई छ । 

    भवन निर्माणको बाँकी काम अघि बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसंग रकम माग गरिए पनि सुुनुुवाइ नभएको सब इन्जियर कार्कीले बताए । ‘निर्माण कम्पनीले हालसम्म साढे २ करोड बराबरको काम गरिसकेको छ’ उनले भने, ‘अहिलेसम्म करिब १ करोड मात्र भुक्तानी पाएको छ । यसअघि नै गरेको कामको भुक्तानी नहुँदा अहिले अन्य काम ठप्प भएको हो ।’ 

    दलित समुदायको कला, संस्कृति, परम्परागत रीतिरिवाज झल्काउने उद्देश्यले संग्रहालय निर्माणको काम थालिएको भेरीगंगा नगरपालिकाले जनाएको छ । उक्त संग्रहालयबाट दलित समुदायको बारेमा अध्ययन, अनुसन्धान गर्न र उनीहरूको सीपबाट थप उद्यम सिर्जना गर्न सकिने लक्ष्य राखिएको छ । संग्रहालयलाई औद्योगिक क्षेत्रको रूपमा पनि विकास गर्न सकिने भेरीगंगा नगरपालिकाले जनाएको छ । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नगरपालिकाको साझेदारीमा संग्रहालय निर्माणको काम थालिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३ करोड २० लाख लागतमा संग्रहालयको भवन निर्माण भइरहेको छ । २०७८ असोज १० गते बाट संग्रहालयको भवन निर्माणको काम थालिएको हो । २०७८ असोज १० देखि २०८० असार ३० गतेसम्म भवन निर्माण सम्पन्न गर्नेगरी नेपाल मेगा, लामा प्रगति, सुवास जेभी वीरेन्द्रनगरसँग ठेक्का सम्झौता गरिएको थियो । जेभीसँग नगरपालिकाले ३ करोड २० लाख ७३ हजारमा भवन निर्माणको सम्झौता गरेको हो ।

    २ वर्षमा भवन निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता गरिएको भएपनि कोरोना महामारी लगायतका कारण ढिलाइ भएको जनाइएको छ । तर अहिले भवन निर्माणको काम ८५ प्रतिशत सकिएको छ । भवन निर्माणको म्याद थपिएको नगरपालिकाले जनाएको छ । २०८१ पुस मसान्तदेखि २०८२ असारसम्म म्याद थप गरिएको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार