शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रञ्जिताले गरिन् नाउपा संसदीय दलका नेता चौधरीमाथि कारवाही

रञ्जिताले गरिन् नाउपा संसदीय दलका नेता चौधरीमाथि कारवाही

श्रावण ३०, २०८२ शुक्रवार
श्रावण ३०, २०८२ शुक्रवार
  • रञ्जिताले गरिन् नाउपा संसदीय दलका नेता चौधरीमाथि कारवाही

    नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले संसदीय दलका नेता गंगाराम चौधरीमाथि कारबाही गरेकी छन् । पार्टीले सोधेको स्पष्टीकरणको समेत जवाफ नदिएको भन्दै चौधरीमाथि कारवाही गरेर संसदलाई जानकारी गराएकी छन् ।

    पार्टी संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले नपाएको महासचिवको ओहोदा उल्लेख गरी पार्टीको लेटरप्याड तथा छापको दुरुपयोग गरी पार्टीको हित विपरीत हुने गरी अवान्छित क्रियाकलाप गरेको भन्दै स्पष्टीकरण सोध्दा पनि चित्तबुझ्दो नदिएपछि कारवाही गरिएको पत्रमा उल्लेख छ ।

    उनले संसदीय दलको नेताको भूमिकामा रहेको व्यक्तिले पार्टीको विधान विपरित केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको, संवैधानिक आयोगको रूपमा रहने निर्वाचन आयोगको बैठक निर्णय विपरीत पार्टीको महासचिव पद उल्लेख गरी पार्टीको छाप तथा लेटरप्याड दुरुपयोग गरी विभिन्न निर्णय एवम् पत्राचारहरू गरेको र दल त्याग गरेको एवम् केन्द्रीय कमिटी पदाधिकारी समेत नरहेका व्यक्तिलाई बैठकमा सामेल गराएको आरोप चौधरीमाथि लगाएकी छन् ।

    पछिल्लो समय नाउपामा संरक्षक रेशम चौधरी खेमा र अध्यक्ष श्रेष्ठ पक्षबीचको विवाद उत्कर्षमा छ । रेशम पक्षले श्रेष्ठलाई अध्यक्षबाटै हटाएको भए पनि निर्वाचन आयोगले उनीलाई नै मान्यता दिएको छ ।

    na.png

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार