सत्तारुढ नेकपा एमाले सांसद एकनाथ ढकालले त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई अपमान गर्ने काम बन्द गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यात्रुहरू हरेकलाई ठग नै हो जस्तो गरी व्यवहार हुने गरेकोप्रति असन्तुष्टि जनाएका हुन् ।
उनले यात्रुहरूमाथि दुर्व्यवहार गर्ने कार्य बन्द गर्न सरकारको ध्यानाकर्षण गराए । अन्तर्राष्ट्रिय विमानस्थलबाट पाउनुपर्ने सेवा यात्रुहरूले पाउन नसकेको उनले बताए । विमानस्थलमा यात्रुमाथि उनीहरूको आत्मसम्मानमा ठेस पुर्याउने काम भएको उनले बताए ।
विमानस्थलमा नागरिक उड्डयन प्राधिकरण प्रमुखको शासन चल्ने गरेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । सांसद ढकालले विमानस्थल अस्तव्यस्त रूपमा सञ्चालन भइरहेको बताए ।