शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

श्रावण २९, २०८२ बिहिवार
श्रावण २९, २०८२ बिहिवार
  • प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै

    प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन चीन जान लागेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । सम्मेलन ३१ अगष्टदेखि १ सेप्टेम्बरसम्म बेइजिङमा आयोजना हुँदैछ ।

    सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले उदघाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् । शांघाई सहयोग संगठन (एससीओ) मा १० देशहरु सदस्य छन् । क्षेत्रीय स्थिरतालाई प्रवद्र्धन गर्ने उद्देश्यले सन् २००१ मा यसको स्थापना भएको थियो । यसअघि सो सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेबारे परामर्श भइरहेको थियो ।

    राष्ट्रपति नजाने भएपछि प्रधानमन्त्री जाने तयारी भएको हो । प्रधानमन्त्रीले यसअघि गत वर्ष प्रधानमन्त्री भएपछि पहिलो भ्रमण चीनबाटै गरेका थिए । एक वर्षको बीचमा यो दोस्रो भ्रमण हुनेछ । विश्व दुई धु्रवमा विभाजित भइरहेका बेला यस पटक चीनको यो सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार