शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रामहरि खतिवडाले बुझाए राजीनामा

रामहरि खतिवडाले बुझाए राजीनामा

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • रामहरि खतिवडाले बुझाए राजीनामा

    नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट औपचारिक रूपमा राजीनामा बुझाएका छन् । हिजो संसदबाट राजीनामा दिने घोषणा गरेका खतिवडाले आज सभामुख देवराज घिमिरे समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

    निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहर्‍याएपछि उनले राजीनामा दिएका हुन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका मुख सचेतक महेश बर्तौलालाई साक्षी राखेर उनले राजीनामा पत्र बुझाएका हुन् ।

    ‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु’ खतिवडाले पत्रमा लेखेका छन् ।

    उनले हिजो भनेका थिए, ‘प्रतिवेदनमा जिम्मेवारी भन्ने शब्द प्रयोग गरिएको हुँदा म जिम्मेवारीबोध गर्दै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट आज हाँसीहाँसी राजीनामा दिएको घोषणा गर्दछु ।’

    ramhari-rajinama.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार