शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मलाई धेरै कुरा होइन, मल चाहियो: प्रधानमन्त्री ओली

मलाई धेरै कुरा होइन, मल चाहियो: प्रधानमन्त्री ओली

‘तपाईहरु काम नगर्ने, गाली हामीले खानुु पर्ने ?’

श्रावण २८, २०८२ बुधवार
श्रावण २८, २०८२ बुधवार
  • मलाई धेरै कुरा होइन, मल चाहियो: प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफदेही बन्नु पर्ने निकाय जवाफदेही हुन नसक्दा खेतीको सिजनमा किसानले मल नपाएको स्पष्ट पारेका छन् । मंगलबार सिंहदरबारमा सरोकारवाला पक्षसँग भएको छलफलको एउटा भिडिओ क्लिप्स आज सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै उनले सम्बन्धित निकायले काम नगर्दा मल अभाव भएको र त्यसबाट सरकारको आलोचना भइरहेको गुनासो गरेका हुन् ।

    ‘जवाफदेही निकाय जवाफदेही हुन नसक्दा नै काम गर्नेले गाली पाउँछ र विरोध मात्रै गर्नेको वाहवाही हुन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हरेक सरकारी निकायहरू आफ्नो परिभाषित काममा आफै जवाफदेही हुनुपर्छ । नागरिकको समस्यामा सरकार चुप लागेर बस्न मिल्दैन ।’

    ‘किसानले किन ‘मल पाएनौं’ भनिरहेका छन् ?’ यो गुनासो तत्काल सम्बोधन गर्न हिजो सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएको छु,’ प्रधानमन्त्रीले लेखेका छन्, ‘सम्बन्धित निकायलाई जनस्तरबाट पनि खबरदारी भइरहोस् । समस्या हेरेर बस्ने होइन, समाधान गर्ने हो ।’

    प्रधानमन्त्री ओलीले हिजो तीन दिनभित्र रासयनिक मलको प्रभावकारी वितरणको ठोस प्रस्ता वसहित उपस्थित हुन कृषि, तथा पशुपंक्षी विकासमन्त्री र उद्योग, वाणिज्य तथा आपूर्तिलाई निर्देशन दिएका थिए ।

    त्यसक्रममा उनले मलको अभाव किन भयो ? भनेर भोकिँदै प्रश्न गरेको उनैले सार्वजनिक गरेको भिडिओमा देख्न सकिन्छ । ‘तपाईहरूको संस्थाले मल आपूर्ति गर्न सकेको छैन । तर, गाली तपाईहरूको संस्थाले खाएको छैन । तपाईहरूको संस्था चुप लागेर बसेको छ । गाली त नेताहरू, पार्टी र मन्त्रीले खाएका छन् । मलाई धेरै कुरा भन्दा पनि मल चाहियो क्या यहाँ,’ ओलीले भनेका छन्, ‘म प्रधानमन्त्री हुने वित्तिकै आइन्दा के–के व्यवस्था गर्नुपर्छ गरौँ, तर मलको आपूर्तिमा कमी नहोस् भनेर स्पष्ट निर्देशन दिएको थिएँ । तर त्यो अनुसार भएन ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार