शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नेपालले पायो भारतमा विद्युत् निर्यातमा थप २०० मेगावाट बिक्रीको अनुमति

नेपालले पायो भारतमा विद्युत् निर्यातमा थप २०० मेगावाट बिक्रीको अनुमति

श्रावण २७, २०८२ मंगलवार
श्रावण २७, २०८२ मंगलवार
  • नेपालले पायो भारतमा विद्युत् निर्यातमा थप २०० मेगावाट बिक्रीको अनुमति

    नेपालले भारतमा विद्युत् निर्यात क्षमता विस्तार गर्दै थप २०० मेगावाट बिक्रीको अनुमति पाएको छ । भारत सरकारले नेपालका पाँच जलविद्युत् आयोजना लिखु२, लिखु खोला ए, लोअर सोलु, ठूलो खोला, सुपर कावेली खोला ए र सुपर कावेली खोलाबाट उत्पादित विद्युत् खरिद गर्न स्वीकृति प्रदान गरेको हो ।

    यो नयाँ स्वीकृति साउन २६ गते प्रदान गरिएको हो, जसको कार्यान्वयन मिति ११ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२५ सम्म हुनेछ । आर्थिक वर्ष २०८१/८२ मा नेपालले १७ अर्ब ४७ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात गरिसकेको छ । थप निर्यात अनुमतिसँगै यो रकम आगामी महिनामा दोब्बर हुने अनुमान गरिएको छ । यसले नेपालभारत विद्युत् व्यापारमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

    यसअघि भारत र बंगलादेशमा गरी ९४१ मेगावाट विद्युत् बिक्री भइरहेको थियो । त्यसमा २०० मेगावाट थप भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए । यससँगै नेपालले अब कुल एक हजार १४१ मेगावाट विद्युत् भारतीय बजारमा बिक्री गर्न पाउनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार