पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टि (रास्वपा) का सभपति रवि लामिछानेको बसाइको अवस्थाबारे बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रूपन्देही कारागार आएको छ ।
आयोग सदस्य लिली थापा, लुम्बिनी प्रदेश प्रमुख हरि ज्ञवाली, इन्सेक प्रतिनिधि रिमा बिसीसहितको टोली कारागारको अनुगमनमा आएको हो । कारागारको ब्लक नम्बर ४ मा रहेका रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सुविधा र बसाइ व्यवस्थापन कमजोर भएको भन्दै केही दिनयता विभिन्न समाचार आइरहेको बेला आयोगको टोली कारागार आएको हो ।
टोलीसँग पुगेका पत्रकारलाई भने सुरक्षाकर्मीले प्रवेशमा रोक लगाएको छ । यसअघि रविलाई भेट्न पुगेका डा. बाबुराम भट्टराई, डा. सिके राउत, हृदयेश त्रिपाठी, माधव सापकोटा तथा बासुदेव घिमिरेले रविलाई कष्ट दिएको बताएका थिए ।
त्यसैले पनि आयोगको टोली रविको अवस्था बुझ्न कारागार आएको हो ।