शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ढोकामा ग्यास सिलिण्डर राखेर कैदीबन्दीद्वारा कारागार ‘कब्जा’, प्रहरी जानै सकेनन्

ढोकामा ग्यास सिलिण्डर राखेर कैदीबन्दीद्वारा कारागार ‘कब्जा’, प्रहरी जानै सकेनन्

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • ढोकामा ग्यास सिलिण्डर राखेर कैदीबन्दीद्वारा कारागार ‘कब्जा’, प्रहरी जानै सकेनन्

    एक जनाको मृत्यु हुने गरी झडप भएको कैलाली कारागारको घटनास्थल अहिलेसम्म पनि कैदी बन्दीको कब्जामै रहेको छ ।

    कैलाली कारागारमा बिहान प्रमुख जिल्ला अधिकारी गोगन हमालसहितको टोली पुगेको थियो । कारागार प्रशासनसम्म पुगेको जिल्ला सुरक्षा समितिको टोली कैदी बन्दीले घटनास्थलसम्म जान नदिएपछि फर्किएको थियो ।

    चारै वटै सुरक्षा निकायका प्रमुखहरूसहितको टोली घटनास्थलमा जान नसकेपछि जिल्ला प्रशासन कार्यालयमा आएर सुरक्षा समितिको बैठकले छानबिन समिति बनाउने निर्णय गरेको थियो ।

    कैदीबन्दीहरुले भित्रबाट ताला लगाएर थुनुवा कक्षको मूल गेटमा ग्याँस सिलिण्डर राखेका छन् । कोही भित्र प्रवेश गरे सिलिण्डर पड्काएर आगो लगाइदिने चेतावनी दिइरहेका छन् ।

    अहिले राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि त्यहाँ पुगेको छ । तर, घटनास्थलसम्म पुग्ने अवस्था नभएको बताइएको छ । ‘हामी अहिले घाइतेहरूको उपचारमा लागिरहेका छौँ घटनास्थलमा जान सकिएको छैन’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने ।

    हिजो राति भएको झडपमा एक जनाको मृत्यु हुनुका साथै ४७ जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी र मानवअधिकारको टोली समेत पुग्न नसक्दा त्यहाँको वास्तविक अवस्था अझै सार्वजनिक हुन सकेको छैन । अहिलेसम्म पनि घाइतेका आफन्तहरूले घाइतेलाई भेट्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

    १५० जनाको क्षमता भएको यो कारागारमा करिब ७०० जना कैदीबन्दी छन् । यो कारागारमा शनिबार राति करिब ११ बजेतिर झडप भएको थियो । उक्त झडपमा लागुऔषधसम्बन्धी मुद्दाका थुनुवा धनगढी उपमहानगरपालिका–४ का ४० वर्षीय भरत चौधरीको मृत्यु भएको थियो भने अन्य ४७ जना घाइते भएका छन् । घाइतेहरूको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

    उनीहरू मध्ये गोदावरी नगरपालिकाका आयुश भट्ट र धनगढीका रवि चौधरीको आईसीयूमा उपचार भइरहेको कैलालीका प्रपक्ता प्रहरी नायब उपरीषक (डीएसपी) राजकुमार सिंहले बताए । कारागारभित्र सुरक्षाकर्मी प्रवेश गर्न नसक्ने अवस्था रहेको बताउँदै डीएसपी सिंहले थप विषयमा जानकारी नभएको बताए ।

    कैलाली कारागारमा केही दिनदेखि झडप भइरहेको छ । बिहीबार पनि झडप हुँदा पाँच जना घाइते भएका थिए । त्यसले शुक्रबार राति ठूलो रुप लिएको हो ।

    images
    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार