शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

लामा पक्षका सांसद सामुहिक राजीनामाको तयारीमा

लामा पक्षका सांसद सामुहिक राजीनामाको तयारीमा

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • लामा पक्षका सांसद सामुहिक राजीनामाको तयारीमा

    बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा पक्षका सांसदहरूको बैठक काठमाडौंमा बस्दैछ । राजीनामा दिनुअघि नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भएका सहमति कार्यान्वयनका विषयमा छलफल गर्न लामाले आफू पक्षका सांसदको बैठक बोलाएका हुन् ।

    बैठकमा लामा पक्षका १४ जना सांसद सहभागी हुने जनाइएको छ । दिउँसो २ बजे बैठक बसेर पार्टी सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम रहेको एक सांसदले जानकारी दिए ।

    उनका अनुसार पूर्व सहमति कार्यान्वयन हुने अवस्था नदेखिएपछि बैठक बस्न लागेको हो । सहमति कार्यान्वयन हुने निश्चित नभएसम्म बानियाँलाई विश्वासको मत पनि नदिने अडान उनीहरुको छ । कांग्रेसकै आन्तरिक किचलोका कारण सरकार परिवर्तन भएको बागमतीमा फेरि मन्त्री नियुक्तिका विषयमा पार्टीभित्र द्वन्द्व चर्किंदै गएको छ ।

    कांग्रेसको प्रदेश संसदीय दलको नेताबाट विस्थापित गर्दै मुख्यमन्त्री पद छाड्न बाध्य बनाइएका बहादुरसिंह लामा पक्षका सांसदलाई नव गठित प्रदेश सरकारमा मन्त्री नबनाइएपछि उनीहरूले राजीनामा दिने चेतावनी दिएका हुन् ।

    कांग्रेस बागमती संसदीय दलका नेता नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले एकलौटी ढंगबाट निर्णय गरेको र पार्टी सभापति शरेरबहादुर देउवा समक्ष गरेको सहमति कार्यान्वयन नगरेको भन्दै लामा समूहका सांसदले प्रदेश सभा सदस्य पदबाटै सामुहिक राजीनामा दिने तयारी गरेका हुन् ।

    ‘कांग्रेसको इतिहासमा पहिलो पटक संसदीय दलको नेताविरुद्ध अविश्वासको प्रस्ताव ल्याइयो’, ती सांसदले भने, ‘आफ्नै सरकारलाई विश्वासको मत नदिने पनि इतिहासमै पहिलो पटक हुनसक्छ ।’

    यसअघि लामाविरुद्ध कांग्रेसकै सांसदले अविश्वासको प्रस्ताव लगेर दलको नेताबाट हटाएका थिए । लगत्तै भएको निर्वाचनबाट बानियाँ नेता चुनिएका थिए । त्यसपछि सभापति देउवासँगको छलफलपछि लामाले राजीनामा दिएका थिए।

    राजीनामा दिनुअघि लामाले नियुक्त गरेका मन्त्रीलाई कायमै राखेर मन्त्रिपरिषद् विस्तार गर्ने लगायतका सहमति भएका थिए । राजीनामा दिनुअघि लामाले नियुक्ति गरेका ३ मन्त्रीलाई मुख्यमन्त्री बनेपछि आफूसँगै शपथ खुवाउन बानियाँ तयार भएका थिए । त्यही सर्तमा आफूले मुख्यमन्त्री पद छाडेको बताएका लामा अहिले त्यो कार्यान्वयन नभएपछि रुष्ट भएका हुन् ।

    लामाले आफू मुख्यमन्त्री हुँदा धादिङका गोविन्द लम्साल, चितवनकी गीता गुरुङ र चितवनकै माया श्रेष्ठलाई मन्त्री बनाएका थिए । उनीहरूलाई पनि अहिले बानियाँ नेतृत्वको नयाँ सरकारमा सामेल गराउनुपर्ने लामाको माग छ । अन्यथा मुख्यमन्त्री बानियाँलाई विश्वासको मत नदिने चेतावनी लामा समूहले दिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार