शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मुसिकोट नगरपालिकाकी उपमेयर एमालेबाट निष्काशित

मुसिकोट नगरपालिकाकी उपमेयर एमालेबाट निष्काशित

श्रावण २४, २०८२ शनिवार
श्रावण २४, २०८२ शनिवार
  • मुसिकोट नगरपालिकाकी उपमेयर एमालेबाट निष्काशित

    नेकपा एमालेले गुल्मीको मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई पार्टीबाट निष्काशन गरेको छ।जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले श्रेष्ठलाई एक वर्षका लागि पार्टी सदस्यबाटै निलम्बन गरी निष्काशन गरेको हो ।

    जिल्ला कमिटी गुल्मी अध्यक्ष बालसिंह काउछाले श्रेष्ठलाई अनुशासनको कारबाही गरिएको भन्दै एक वर्षसम्म पार्टी सदस्य नरहने भनी पत्र पठाएका छन् ।

    एमाले जिल्ला कमिटी सदस्यसमेत रहेकी श्रेष्ठलाई गत असार २९ गते स्पष्टीकरण सोधिएको थियो । उनले ३२ गते लिखित जवाफ दिएकी थिइन् । त्यसअघि उमाले मुसिकोट नगर कमिटीको बैठकले श्रेष्ठलाई सचेत गराउने निर्णय गरेको थियो ।

    तर सचेत गराउँदा पनि श्रेष्ठ गम्भीर नभउको भन्दै नगर कमिटीको सिफारिसमा जिल्ला कमिटीका पदिधकारीहरुको बैठकले उनलाई कारबाही गरेको हो । निलम्बनपछि उनलाई पार्टी सदस्यको हैसियतमा कुनै पनि काम–कारबाही नगर्न चेतावनी दिइएको छ ।

    श्रेष्ठले भने आफूलाई कारबाहीको पत्र प्राप्त भइनसकेको बताउँदै आफ्नो अधिकार खोज्दा कारबाहीमा परेको बताएकी छन् । श्रेष्ठ २०७९ सालको स्थानीय तह निर्वाचनमा उपप्रमुख निर्वाचित भएकी हुन् । उनले पछिल्लो पटक मुसिकोट नगरपालिकामा बजेट निर्माणमा असहमति जनाएकी थिइन् । यहाँ मेयर पनि एमालेले नै जितेको छ । तर, उपमेयर श्रेष्ठ उनीसँग सहमत थिइनन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार