शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

नबिल बैंकलाई दुई उपाधि

नबिल बैंकलाई दुई उपाधि

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • नबिल बैंकलाई दुई उपाधि

    नबिल बैंकले ‘एशियन बैंकिङ एण्ड फाइनान्स अवार्डस–२०२५’ मा दुई प्रतिष्ठित उपाधि जितेको छ । बैंकले ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड नेपाल’ र ‘नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ अवार्ड जितेको हो ।

    बैंकले जारी गरेको विज्ञप्तिअनुसार अत्याधुनिक प्रविधि, उत्कृष्ट सेवा, र ग्राहक तथा सरोकारवालाहरूप्रतिको प्रतिबद्धताका कारण यी अवार्डहरू प्राप्त भएका हुन् । नबिल बैंकले डिजिटल सुरक्षालाई उच्च प्राथमिकता दिँदै सुरक्षित, भरपर्दो र सहज बैंकिङ अनुभव प्रदान गर्न अपनाएको रणनीतिका लागि ‘साइबर सेक्युरिटी इनोभेसन अवार्ड’ प्राप्त गरेको हो ।

    यस्तै देशका महत्त्वपूर्ण पूर्वाधार तथा विकास आयोजनाहरूमा वित्तीय साझेदारी गरेकोले बैंकलाई ’नेपाल डोमेस्टिक प्रोजेक्ट फाइनान्स बैंक अफ द इयर’ को उपाधि दिइएको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यी अवार्डहरू सम्पूर्ण टिमको परिश्रम र नव प्रवर्तनप्रतिको समर्पणको परिणाम भएको बताएका छन् ।

    उनले ग्राहक, साझेदार र सरोकारवालाहरूलाई आभार व्यक्त गर्दै भविष्यमा पनि सुरक्षित र स्मार्ट बैंकिङ सेवामार्फत नेपाली बैंकिङ क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार