शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images
माओवादीको सर्कुलर:

जनार्दनजीले आत्मालोचना गर्न मान्नु भएन, उल्टै आरोप लगाउनु भयो

जनार्दनजीले आत्मालोचना गर्न मान्नु भएन, उल्टै आरोप लगाउनु भयो

श्रावण २३, २०८२ शुक्रवार
श्रावण २३, २०८२ शुक्रवार
  • जनार्दनजीले आत्मालोचना गर्न मान्नु भएन, उल्टै आरोप लगाउनु भयो

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निराधार आरोप लगाएको बताएको छ । अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुले तल्ला कमिटीहरुलाई पठाएको सर्कुलरमा जनार्दनले आत्मआलोचना गर्नुभन्दा पनि नमानेको उल्लेख गरिएको छ ।

    ‘अध्यक्ष कमरेडले बैठकको अन्तिमसम्म पनि स्थायी समितिका सदस्यहरुको सुझाव र आलोचनालाई आत्मसात गरी कमजोरी सच्याउन विशेष आग्रह गर्नुभयो,’ सर्कुलरमा उल्लेख छ, ‘तर कमरेड प्रभाकरले माइन्यूटमा हस्ताक्षर नगरेको बिषय बाहेक अन्य बिषयहरूमा ठोस रुपमा आत्मालोचना गर्नु भएन र उल्टै पार्टी नेतृत्वविरुद्ध निराधार आरोपहरू लगाए ।’

    स्थायी समिति बैठकमा आन्तरिक पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा पार्टीका केन्द्रीय उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ का सार्वजनिक अभिव्यक्ति र गतिविधिबारे गम्भीर छलफल भएको सर्कुलरमा उल्लेख छ ।

    छलफलका क्रममा विशेषतः पार्टी नीति र नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने, पदाधिकारी बैठकमा उपमहासचिवका रुपमा माइन्युटमा हस्ताक्षर नगर्ने, गुटबन्दिजन्य गतिबिधिहरू सञ्चालन गरिरहने जस्ता कार्यहरू पार्टी नीति विपरित भएको ठहर स्थायी कमिटीले गरेको छ ।

    ‘अतः स्थायी समिति बैठकले पार्टी नेतृत्वकाविरुद्ध लगाइएका निराधार आरोपहरूलाई खारेज गर्दै क. प्रभाकरलाई कडा आलोचनासहित भविष्यमा त्यसप्रकारका अभिव्यक्ति र गतिविधि नगर्न निर्देशन दिने निर्णय गरेको छ,’ सर्कुलरमा लेखिएको छ, ‘स्थायी समिति बैठकले आफ्ना भिन्न मत भए कमिटिमा विधिसम्मत छलफलको स्वतन्त्रता रहने विश्वास दिलाउँदै पार्टीलाई एकताबद्ध बनाई अगाडि बढ्न पनि जोड दिएको छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार