शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

भारत पुर्‍याई मिर्गौला निकालिएको घटना: तीन जनामाथि अनुसन्धान, भुजेललाई ६ लाखको ‘अफर’

भारत पुर्‍याई मिर्गौला निकालिएको घटना: तीन जनामाथि अनुसन्धान, भुजेललाई ६ लाखको ‘अफर’

श्रावण २२, २०८२ बिहिवार
श्रावण २२, २०८२ बिहिवार
  • भारत पुर्‍याई मिर्गौला निकालिएको घटना: तीन जनामाथि अनुसन्धान, भुजेललाई ६ लाखको ‘अफर’

    नेपाली युवालाई भारत पुर्‍याएर मिर्गौला निकालिएको घटनामा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ घर भएका २४ वर्षीय समिर नेपाली र ४७ वर्षीय राकेश नेपाली छन् ।

    काभ्रेको पाँचखाल नगरपालिका–१० का ३५ वर्षीय कुमार भनिने राजकुमार परियार यसअघि नै पक्राउ परिसकेका छन्। प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको एसपी नरेन्द्र चन्दले बताए ।

    सडक र पुल निर्माणमा काम गर्ने सिन्धुलीका ३७ वर्षीय खिलबहादुर भुजेल बिहीबार मानव बेचबिखन अनुसन्धान ब्युरोको मुद्दा शाखामा प्रलोभनमा पारी मिर्गौला निकालिएको जाहेरी लिएर आएका थिए ।

    ‘होटलमा सजिलो काम पाइने भन्दै भारत पुर्‍याएका मान्छेले नै मेरो मिर्गौला झिकिदिए,’ भुजेलले भने, ‘६ लाख दिन्छु भन्नेका थिए । हालसम्म लागेको सम्पूर्ण खर्च ब्यहोर्नु पर्ने भनी डर त्रास, करकापमा पारी चण्डीगढस्थित नाम नखुलेको क्लिनिकमा मसहित ५ जनाको मिर्गौला झिकियो । मिर्गौला निकालिसकेपछि नेपाल फर्कने बेलामा पैसा दिन्छु भनी प्रलोभन देखाए पनि मलाई पैसा दिएनन् ।’

    उनका अनुसार साउन ९ गते उनको मिर्गौला झिकिएको थियो । ब्युरोका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक नरेन्द्र कुँवरका अनुसार यो कार्यमा संगठित गिरोह नै लागेकाले सोहीअनुसार कार्यालयबाट अनुसन्धान भएको बताए ।

    ‘भारतमा स्वास्थ्य परीक्षण लगायतका विभिन्न कार्यका लागि एक महिना राखिएको र मिर्गौला झिकेपछि नेपाल फिर्ता पठाएको भन्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ उनले भने, ‘भारतको होटलमा काम गर्दा मासिक भारु १० देखि २० हजारसम्म कमाई हुन्छ भन्ने प्रलोभन देखाई पीडित भुजेललाई कोटेश्वरबाट कलंकी हुँदै सुनौली सीमा पार गराई भारतको चण्डीगढस्थित अपार्टमेन्टमा पुर्‍याएको रहेछ । त्यसको भोलिपल्ट एक क्लिनिकमा लगी मेडिकल चेकअप गराई मिर्गौला झिकिएको छ ।’

    उनले संगठित समूहका अन्य फरार प्रतिवादीहरुको खोजी जारी रहेको र विभिन्न जिल्लाबाट अन्य दर्जनौं मानिसहरुको मिर्गौलाको अवैध रुपमा बिक्री गरेको भन्ने सूचनाको आधारमा अन्य पीडितहरुको पहिचान गर्ने कार्यसमेत अघि बढाएको बताएका छन् । उनीहरुले इलेक्ट्रिक गाडी (ईभी) मा काठमाडौं ल्याएर छाडेका थिए । उनले आफूसँगै मजदुरी गर्ने साथीको सल्लाहमा भारत गएको समेत बताएका छन् ।

    पछिल्लो ४ आर्थिक वर्षमा मात्र नेपालमा कानुनविपरीत मानव अंग मिर्गौला झिकी बिक्री गर्ने मानव बेचविखन तथा ओसारपसारसम्बन्धी कसूर अन्तर्गत १ हजार ४५ मुद्दा दर्ता भएका छन् । जसमध्ये ३ सय ३४ मुद्दा मानव बेचबिखन अनुसन्धान ब्युरोमा दर्ता भएको प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए ।

    उनका अनुसार लुम्बिनी प्रदेशमा १८५, कोशी प्रदेशमा ११२, सुदूरपश्चिम प्रदेशमा १०४, उपत्यकामा ९२, बागमती प्रदेशमा ५७, मधेश प्रदेशमा ८१, गण्डकी प्रदेशमा ५५, कर्णाली प्रदेशमा २५ मुद्दा आव २०७६/०७७ देखि २०८१/२०८२ सम्म दर्ता भएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार