शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ शुरु

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ शुरु

सरकार धूलो र हिलोरहित सडक बनाउँदै छ : अर्थमन्त्री पौडेल

श्रावण २१, २०८२ बुधवार
श्रावण २१, २०८२ बुधवार
  • नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ शुरु

     नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को उद्घाटन गरिएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बिहान एक्स्पोको उद्घाटन गरेका हुन् । 

    ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो’को आज बिहान उद्घाटन गर्दै अर्थ मन्त्री पौडेलले सडक पूर्वाधार कनेक्टिभिटीको पहिलो आवश्यकता भएको भन्दै यसलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

    अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले सरकार धूलो र हिलोरहित सडक पूर्वाधार बनाउन लागि परेको बताएका छन् । उनले सडकको गुणस्तर सुधारका लागि पीसीसी अथवा आरसीसीमध्ये जुन मोडल उपयुक्त हुन्छ सोही अनुसार जाने बताए । 

    सरकारले भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्थरको प्रदर्शनीस्थल बनाउने र यसको लागि बजेट छुट्याइसकेको जानकारी दिए । सरकार अहिले यसको डिजाइन तयारीमा रहेको उनको भनाइ छ । तीन वर्षमा आधुनिक प्रदर्शनीस्थल निर्माण भइसक्ने उनको दाबी छ ।  नाईमा अध्यक्ष ऋतु सिंह वैद्यले सवारी साधनमा सरकारले स्थायी नीति बनाउन आवश्यक रहेको बताइन् । 
     
    नाइमा एक्सपो मा  ५० भन्दा बढी ब्रान्डले सहभागिता जनाएका छन् । एक्सपो मा ३५ नयाँ सवारी साधन सार्वजनिक हुने तयारी छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ अर्थमन्त्री पौडेलले उद्घाटन गरेसँगै सुरु भएको छ । भृकुटीमण्डपमा आजबाट सुरु भएको एक्स्पो साउन २५ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा ५० भन्दा बढी ब्रान्डले सहभागिता जनाउने आयोजकले बताएको छ ।  

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार