शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई माओवादीमा छैटौं वरीयता

दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई माओवादीमा छैटौं वरीयता

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई माओवादीमा छैटौं वरीयता

    पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ) लाई नेकपा (माओवादी केन्द्र) ले छैटौं वरीयता दिएको छ ।

    सक्रिय राजनीतिमा फर्केपछि पुनलाई माओवादीले उपाध्यक्ष मनोनीत गरेको थियो। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को जोडबलमा दुई कार्यकाल उपराष्ट्रपति भएका पुनलाई सक्रिय राजनीतिमा ल्याइएको थियो।

    उपराष्ट्रपति भइसकेको व्यक्तिलाई पार्टी राजनीतिमा ल्याउन नहुने माओवादीका कतिपय नेताहरूले धारणा राखे पनि माओवादीले उनलाई उपाध्यक्ष मनोनीत गरिसकेको छ । केही दिनदेखि माओवादी स्थायी कमिटी बैठक जारी छ । यो बैठकमा उपाध्यक्ष पुन पनि सहभागी छन् । यही बेला माओवादी केन्द्रले पुनलाई छैटौं वरीयतासहित वेबसाइटमा राखेको छ ।

    अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरू कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसालपछि पूर्व उपराष्ट्रपति पुनको वरीयता छ । विद्यादेवी भण्डारी राष्ट्रपति भएका बेला पुन दुई कार्यकाल उपराष्ट्रपति भएका थिए ।

    अहिले पार्टीभित्र शर्मासँग प्रचण्डको अन्तरसंघर्ष चलिरहेको छ । जारी स्थायी कमिटीको बैठकमा प्रचण्डको समर्थन गर्दै उपमहासचिव शर्माको चर्का आलोचना गरेका थिए । पुन र हालै नेसपाबाट भित्रिएका गंगानारायण श्रेष्ठलाई समावेश गरेर स्थायी कमिटी ४६ सदस्यीय बनाइएको छ । सचिव श्रेष्ठको वरीयता २३ नम्बरमा छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार