शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

श्रावण १९, २०८२ सोमवार
श्रावण १९, २०८२ सोमवार
  • रास्वपा र राप्रपाको आजपनि प्रतिनिधि सभाको बैठक बहिस्कार

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् ।

    प्रतिनिधि सभाको बैठकमा रास्वपाकी सांसद आसिफ शाह र र राप्रपाका सांसद ध्रुबबहादुर प्रधानले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् ।

    सांसद शाहले भिजिट भिसा प्रकरणको उच्चस्तरीय छानबिन गठन नभएसम्म आफुहरुको आन्दोलन जारी रहने बताएका थिए । त्यस्तै राप्रपा सांसद प्रधानले आफुहरु सहयोग गर्न तयार रहेको बताउदै प्रधानमन्त्रीले राप्रपा र रास्वपा बारे गरेको टिप्पणी आपत्तिजनक भएको बताएका थिए । 

    रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार