शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

डि भिलियर्सले भने– नेपाल खतरनाक क्रिकेट टोली होे

डि भिलियर्सले भने– नेपाल खतरनाक क्रिकेट टोली होे

श्रावण १८, २०८२ आइतवार
श्रावण १८, २०८२ आइतवार
  • डि भिलियर्सले भने– नेपाल खतरनाक क्रिकेट टोली होे

    दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर एबी डिभिलियर्सले नेपाली क्रिकेट टिमको प्रशंसा गरेका छन् । नेपालले लामो यात्रा तय गरेर यहाँसम्म आएको उनले टिप्पणी गरेका छन् । हालै डिलियर्ससँग भारतीय युट्यूवर शुभांकर मिश्रले आफ्नो पोडकास्टमा कुराकानीका क्रममा डिभिलियर्स नेपाली क्रिकेटको तारिफ गरेका हुन् ।

    कुराकानीका क्रममा मिश्रले गत टी २० विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाबीचको खेलको प्रसङ्ग निकाल्दै “नेपालले टी–२० विश्वकपमा साउथ अफ्रिकालाई झण्डैले हराएको थियो होइन ?’ भन्दै प्रश्न गरेका थिए । सो प्रश्नमा डिभिलियर्सले हाँस्दै भने–‘नेभर (बिल्कुलै होइन) । त्यसपछि उनले फेरि थपे, म जोक गर्दै थिएँ । उनीहरु वास्तवमा गज्जबको टिम हुन् जो लामो यात्रा तय गरेर आएका छन् ।

    उनीहरू खतरनाक टिम हुन् ।’ त्यस्तै डिभिलियर्सले नेपाली टीम अझै बढी कन्सिस्टेन्ट हुनुपर्ने सुझाव दिएका छन् । यसका लागि नेपालले धेरै भन्दा धेरै क्रिकेट खेल्ने अवसर पाउनुपर्ने उनको भनाइ छ । ‘उनीहरूले धेरै मौकाहरू पाउनु पर्छ । तर, यस निम्ति अरु कोही उत्तरदायी छ । नेपाल र नेपाल जस्ता देशका खेलाडीहरूलाई बढी अवसर दिनका लागि क्रिकेटका आयोजकहरूले सोचुन्,’ उनले भने ।

    त्यस्तै मिश्रले नेपाल क्रिकेट लिग खेल्दै हुनुहुन्छ भन्ने डिभिलियर्ससँग प्रश्न गरेका थिए । जसमा उनले आफूलाई नेपालबाट खेल्ने प्रस्ताव आएको तर व्यस्तताले नभ्याएको बताए । उनले भविष्यमा एनपीएल खेल्न सक्ने बताएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार