शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

अनसनरत भट्टराई र सरकारबीच छलफलः अनसन स्थगित हुनसक्ने

अनसनरत भट्टराई र सरकारबीच छलफलः अनसन स्थगित हुनसक्ने

श्रावण १७, २०८२ शनिवार
श्रावण १७, २०८२ शनिवार
  • अनसनरत भट्टराई र सरकारबीच छलफलः अनसन स्थगित हुनसक्ने

    संघीय सरकारसमक्ष सातबुँदे माग राखेर काठमाडौंको माइतीघर मन्डलामा अनसनरत दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई र संघीयबिचको छलफल अझै निष्कर्षमा पुग्न सकेको छैन् ।

    शनिबार विहान वनमन्त्री ऐन बहादुर शाहीको पहलमा वार्ता र छलफल प्रक्रिया अघि बढाइएपनि अनसन तोडाउने सरकारको प्रयास असफल भइरहेको छ । वन तथा वातावरण मन्त्रालय र शहरी विकास मन्त्रालयका उच्च स्तरका कर्मचारीहरुले भट्टराईले उठाएका मुद्दाहरुका बारे छलफल गरेर सम्झौताको खाका तयार गरेपनि त्यसले अन्तिम रुप पाउन नसकेको भट्टराई निकट एक सहयोगीले जानकारी दिए ।

    Ansan.00_00_00_00.Still016.jpg

    संभवत शनिबार अपरान्ह वा आइतबारसम्ममा दुवै पक्षबीच सहमति हुने र अनसन तोड्ने तयारी गरिएको छ । नगरप्रमुख भट्टराईले बाँसका सामग्री तथा कोदोबाट उत्पादन गरिने घरेलु रक्सीको प्रवद्र्धन, बाँदर तथा भ्रष्टाचार नियन्त्रणलगायतका सातबुँदे माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा साउन ११ गतेबाट सत्याग्रह सुरु गरेका थिए ।

    साउन १४ गते देखि बसेको आमरण अनशनमा शनिबार बिहान माइतीघर मण्डलामा वन तथा वातावरण मन्त्री शाहीले भेट वार्ता गरेका थिए । 

    Ansan.00_00_58_05.Still012.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार