शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

प्रधानमन्त्रीलाई रास्वपाको ‘काउन्टर’: हस्ताक्षर पाँच करोड पुगे पनि अचम्म नमान्नु होला

प्रधानमन्त्रीलाई रास्वपाको ‘काउन्टर’: हस्ताक्षर पाँच करोड पुगे पनि अचम्म नमान्नु होला

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • प्रधानमन्त्रीलाई रास्वपाको ‘काउन्टर’: हस्ताक्षर पाँच करोड पुगे पनि अचम्म नमान्नु होला

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झाले प्रधानमन्त्री केपी शर्मा ओलीको टिप्पणीमाथि प्रतिक्रिया दिँदै पार्टी सभापति रवि लामिछानेको समर्थनमा जारी हस्ताक्षर अभियानले पाँच करोडको आँकडा पार गरे पनि अचम्म नमान्न आग्रह गरेका छन् ।

    भैरहवामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले भने ‘भर्खरै केपी शर्मा ओली ज्यूले तीन करोड भन्दा धेरै हस्ताक्षर हुन्छ जस्तो छ भन्नु भएछ । पक्कै हुन्छ । यो तीन करोड होइन, पाँच करोड नै नाघ्यो भने पनि अचम्मित नहुनु होला ।’

    उनले हस्ताक्षर अभियान नेपालभित्र मात्र सीमित नरहेको बताएका छन् । ‘पोखराको लेकसाइडमा विदेशीले पनि हस्ताक्षर गरिरहेका छन् । साउनमा पशुपति आउने भारतीय धार्मिक पर्यटकले पनि ‘तिम्रो नेतामाथि अपराध भयो’ भनेर हस्ताक्षर गरिरहनु भएको छ,’ उनले थपे, ‘त्यसैले यो अभियान नेपालमा भएका नेपालीको मात्र होइन । टाइम्स स्क्वायर, न्युयोर्कदेखि बुर्ज खलिफाको आँगनसम्म, जसले नेपाल र यहाँको राजनीति बुझेको छ, उसले यो अन्याय हो भनेर हस्ताक्षर गर्न थालिसक्यो ।’

    उनले रवि लामिछानेको गिरफ्तारीपछिको अभियानलाई ‘राजनीतिक मिसन’ मात्र नभएर ‘परिवर्तनको मिसन’ को संज्ञा दिएका छन् । उनले भने, ‘यो परिवर्तनको यात्रा हो । अब परिवर्तनका लागि २८ महिना बाँकी छ भनेर सोच्नुस् । २०८४ को निर्वाचन हाम्रो गन्तव्य हो र त्यसअघि आउने उपनिर्वाचन एउटा माइलस्टोन हो ।’

    प्रवक्ता झाले आफूहरू सभापति लामिछानेलाई भेट्न जाँदा कमजोर मानसिकता लिएर गए पनि उल्टै लामिछानेले हौसला दिएर पठाउने गरेको जानकारी दिएका छन् । ‘हामी मानसिक रूपमा कमजोर भएर हाम्रो नेता भित्र हुनुहुन्छ भनेर जान्छौं, तर उहाँले हामीलाई हौसला दिएर पठाउनु हुन्छ,’ झाले भने, ‘उहाँले तिमीहरू मिसनमा लाग भन्नु हुन्छ ।’ उनले कारागारको नियमअनुसार १५ मिनेट मात्र भेट्न पाइने भए पनि आफूले पूरा समयको सदुपयोग गरेर सभापतिसँग कुराकानी गरेको बताएका छन् ।

    यस्तो थियो प्रधानमन्त्रीको टिप्पणी
    मंगलबार कैलालीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाको हस्ताक्षर अभियानलाई ‘व्यवस्था विरोधी र कर्मकाण्डी’ भन्दै व्यङ्ग्य गरेका थिए । उनले भनेका थिए, ‘मलाई डर लाग्या छ, तीन करोड माथि हस्ताक्षर गयो भने..., म उहाँहरूलाई अलिकति सचेत गराउन चाहन्छु, हस्ताक्षर अभियान तीन करोडभन्दा माथि नपुगोस् है !’ उनले गर्ने बेलामा आँखा चिम्लेर गल्ती गर्ने अनि अहिले प्रतिशोध भयो भनेर आरोप लगाउने भन्दै प्रश्न समेत गरेका थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार