शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मेरो मुद्धा भ्रष्टाचारको होइन: माधव नेपाल

मेरो मुद्धा भ्रष्टाचारको होइन: माधव नेपाल

श्रावण १६, २०८२ शुक्रवार
श्रावण १६, २०८२ शुक्रवार
  • मेरो मुद्धा भ्रष्टाचारको होइन: माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लगाइएको मुद्धा राजनीतिक पूर्वाग्रह र प्रतिशोध भएको दाबी गरेका छन् ।

    प्रदेश समिति बैठकमा भाग लिन आएका नेपालले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै आफ्नो मुद्धा भ्रष्टाचारको नभएको बताउदै प्रतिशोध भएको बताएका हुन् ।

    उनले निजी जग्गा हदबन्दीभन्दा बढी खरिद गर्न कानुनले नै अधिकार दिएको बताउँदै ऐन, कानुन र संविधानअनुसार नै सर्वसम्मत निर्णय भएको बताए । उनले प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति टिप्पणी गर्दै ओलीको दम्भ, अहङ्कार र नीति देशका लागि अभिशाप बनेको बताए ।

    अध्यक्ष नेपालले राष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले रोक नलगाएको स्पष्ट पार्दै नेपालले व्यक्तिको स्वतन्त्र अधिकारलाई सम्मान गर्नुपर्ने बताए । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार