शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राप्रपा केन्द्रीय सदस्य कार्कीले त्यागे पार्टी

राप्रपा केन्द्रीय सदस्य कार्कीले त्यागे पार्टी

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • राप्रपा केन्द्रीय सदस्य कार्कीले त्यागे पार्टी

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य किशोर कार्कीले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका छन् । महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य कार्कीले विहीबार प्रेस विज्ञप्ति जारी गर्दै अब स्वतन्त्र नागरिकको भूमिकामा रहने घोषणा गरेका छन् ।

    उनले राप्रपाले संस्थागत रुप लिन नसकेको, अध्यक्षले अभिभावकीय भूमिका निर्वाह नगरेको तथा गुटहरुमा विभाजित भएको पार्टीलाई सम्हाल्ने सोच नदेखाएको जस्ता आरोप लगाएका छन् । अनेक प्रयत्न गर्दा पनि पार्टीलाई सही दिशामा फर्काउन नसकेको उनले उल्लेख गरेका छन् ।

    राप्रपाको निर्वाचित केन्द्रीय सदस्य रहेका कार्की यसअघि मधेश प्रदेश संयोजक,उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, केन्द्रीय अनुशासन समितिको सदस्य सचिवलगायतका जिम्मेवारीमा थिए ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार