शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मन्त्री लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाम्डीबीच भेटवार्ता

मन्त्री लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाम्डीबीच भेटवार्ता

श्रावण १५, २०८२ बिहिवार
श्रावण १५, २०८२ बिहिवार
  • मन्त्री लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाम्डीबीच भेटवार्ता

    गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीले भेट गरेकी छन् । विहीबार सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हानाबीच भेटवार्ता भएको हो ।

    भेटमा संयुक्त राष्ट्रसंघकी आवासीय संयोजक हानाले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको कामप्रति चाँसो व्यक्त गरेकी थिइन् । उनले शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउनका साथै नेपालको विपद् व्यवस्थापनमा सहकार्य कायम रहने बताइन् ।

    मन्त्री लेखकले सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत सरकार शान्ति प्रक्रियाको काम टुंगोमा पुर्याउन सक्रिय रहेको बताए । लेखकले विपद् व्यवस्थापनका क्षेत्रमा गरेको सहयोगप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनपनि थप सहयोग र सहकार्यका लागि आग्रह गरे ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार