शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

रास्वपाले किन राख्यो रवि थुनिएको भैरहवा कारागार नजिकै संसदीय दलको बैठक ?

रास्वपाले किन राख्यो रवि थुनिएको भैरहवा कारागार नजिकै संसदीय दलको बैठक ?

श्रावण १४, २०८२ बुधवार
श्रावण १४, २०८२ बुधवार
  • रास्वपाले किन राख्यो रवि थुनिएको भैरहवा कारागार नजिकै संसदीय दलको बैठक ?

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भैरहवामा संसदीय दलको बैठक राखेको छ । आज (बुधबार) दिउँसो १ बजे भैरहवाको रमादा होटलमा संसदीय दलको बैठक राखिएको दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिएका छन् । वैठकस्थल र रास्वपा सभापति रवि लामिछाने बसेको कारागार करिब १५ मिनेट दूरीमा छ ।

    उनका अनुसार संसदको चालु (बर्खे) अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बस्न लागेको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता, सांसदहरू रूपन्देही–३ लक्षित अभियानका क्रममा भैरहवामै छन्। त्यसो त उनीहरूले भैरहवा कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेसँग भेटेर परामर्श पनि लिइरहेका छन् । मंगलबार पार्टीका कार्यवाहक सभापति डिपी अर्याल (डोलप्रसाद) ले पार्टी सभापति लामिछानेलाई भेटेर सल्लाह गरेका थिए ।

    ‘रूपन्देही–३ को चुनाव लक्षित कार्यक्रमका लागि सांसदहरू भैरहवामै भएकाले बैठक आयोजना गरेका हौं । यो बैठकमा संसदको चालु अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत धेरै विषयमा छलफल गर्नेछौं,’ उपनेता श्रेष्ठले सुनाए । रास्वपा अहिले संसदीय दलको नेताविहीन छ ।

    सभापति रवि लामिछानेको सांसद पद निलम्बित भएपछि अर्को संसदीय दलको नेता चयन गरिएको छैन भने कसैलाई कार्यवाहक पनि दिइएको छैन । संसदीय दलभित्रको संयोजन भने उपनेता विराजभक्त श्रेष्ठले गर्दै आएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को उपचुनावलाई ध्यानमा राखेर सभापति रवि लामिछानेको न्यायका लागि हस्ताक्षर अभियान, मतदाता भेटघाट लगायत गतिविधि गरिरहेको छ । संसदीय दल बैठक पनि चुनावी प्रचारकै अंग भएको रास्वपाले बताएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार