शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

कांग्रेस बागमती विवाद: अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले फिर्ता लिए नाम

कांग्रेस बागमती विवाद: अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले फिर्ता लिए नाम

श्रावण १३, २०८२ मंगलवार
श्रावण १३, २०८२ मंगलवार
  • कांग्रेस बागमती विवाद: अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले फिर्ता लिए नाम

    बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका दुई सांसदले नाम फिर्ता लिएका छन् । कांग्रेसका दुई सांसद माया श्रेष्ठ र मीना पराजुलीले विज्ञप्ति जारी गर्दै जानकारी बिनै हस्ताक्षर गराएको भन्दै नाम फिर्ता लिएको बताएका हुन् ।

    विज्ञप्तिमा भनिएको छ- 'बागमती प्रदेश संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) को विरुद्धमा परेको अविश्वासको प्रस्तावमा हामी समेतको हस्ताक्षर संकलन गरिएकामा हामीलाई सो अविश्वासको प्रस्तावको विषयमा चाहिँ जानकारी नै नगराई हस्ताक्षर गराइएकामा सोमा हामीहरूको असहमति रहेकाले उक्त अविश्वासको प्रस्ताव फिर्ता लिई संसदीय दलका नेता मा. बहादुरसिंह लामा (तामाङ) लाई समर्थन रहेको व्यहोरा अवगत गराउँदछौं ।’

    बागमती प्रदेशमा कांग्रेसका ३७ प्रदेश सांसदमध्ये सुरुमा २१ जनाले अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेका थिए । बागमती सरकारमा रहेका चार मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री लामाले उनीहरुको राजीनामा स्वीकृत नगरी बर्खास्त गरेका थिए । 

    कांग्रेसले बागमतीमा देखिएको विवाद मिलाउन नेता राजेन्द्र केसीलाई तोकेको छ । यसअघि सोमबार बसेको संसदीय दल र प्रदेश समितिको बैठकमा सहमति हुन नसकेपछि अब संसदीय दलमा दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुने सम्भावना बढेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार