शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आज विश्व हेपाटाइटिस दिवस

आज विश्व हेपाटाइटिस दिवस

श्रावण १२, २०८२ सोमवार
श्रावण १२, २०८२ सोमवार
  • आज विश्व हेपाटाइटिस दिवस

    हरेक वर्ष जुलाई २८ तारिखको दिनलाई विश्व हेपाटाइटिस दिवसका रूपमा मनाइँदै आएको छ । भाइरल हेपाटाइटिसको जोखिम कम गर्दै विश्वलाई स्वस्थ बनाउने अभियानमा विश्वभरका मानिसहरू सचेत बनाउन विश्व हेपाटाइटिस दिवस मनाइदै आएको छ । हेपाटाइटिसले यो युगको सबैभन्दा खतरनाक स्वास्थ्य समस्याको रूपमा विकराल रूप लिँदै गएको छ ।

    विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कका अनुसार विश्वका ३२ करोड ५० लाख मानिसहरू हेपाटाइटिस बी र सी बाट ग्रसित छन् । यो रोगबाट ग्रसित हुने १० जनामध्ये ९ जना यस रोगबारे अनभिज्ञ रहने पनि तथ्याङ्कले देखाउछ । यो हेपाटाइटिसको उन्मूलन र कलेजोको क्यान्सरको रोकथामलाई रोक्ने कलंक लगायतका अवरोधहरू हटाउने आवश्यकतालाई जोड दिएको छ । मानिसहरूलाई हेपाटाइटिसको बारेमा कुरा गर्न र परीक्षण र उपचारमा पहुँच पुर्‍याउन सजिलो बनाउनमा ध्यान केन्द्रित गरिएको छ।

    एचआइभी एड्स, मलेरिया, क्षयरोगजस्तै यो रोग पनि विश्वभरिका मानिसहरूलाई मृत्युको सिकार बनाउने डरलाग्दो रोग हो । हेपाटाइटिस बी र सी लागेर हरेक वर्ष १३ लाख मानिसहरूको मृत्यु हुने आँकडा रहेको छ । कलेजोको क्यान्सर बनाउन यो रोगको मुख्य योगदान हुने गर्दछ । हेपाटाइटिस भनेकै भाइरल सङ्क्रमणका कारण कलेजो सुन्निनु हो ।

    हेपाटाइटिस मुख्य गरी पाँच किसिमका हुन्छन्: ए, बी, सी, डी र इ । यी पाँच किसिमका हेपाटाइटिसहरू घातक र मृत्युको काल सरह मानिन्छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार