शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

राष्ट्र बैंकले लिएका नीतिबाट लाभ लिन आवश्यक छ: डेपुटी गभर्नर ढुंगाना

राष्ट्र बैंकले लिएका नीतिबाट लाभ लिन आवश्यक छ: डेपुटी गभर्नर ढुंगाना

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • राष्ट्र बैंकले लिएका नीतिबाट लाभ लिन आवश्यक छ: डेपुटी गभर्नर ढुंगाना

    नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा.निलम ढुंगाना तिम्सिनाले अहिले ब्याजदर न्यून रहेकाले यो लगानीका लागि उपयुक्त समय भएको बताएकी छिन् । आइतबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलगमा ढुंगानाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको समेत बताइन् ।

    उनले भने,‘ अहिले हाम्रो अर्थतन्त्रमा सुधारको संकेतहरु देखिएका छन् । अहिले ब्याजदर पनि न्यून छ । ब्याजदर न्यून रहेको समयमा अहिले लगानीका लागि उपयुक्त समय पनि हो ।’ बजेटले दिएको प्राथमिकताका आधारमा नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति जारी गरेकाले त्यसको सदुपयोग गरेको अघि बढ्न उनले सरोकारलाई सुुझाव दिइन् ।

    राष्ट्र बैंकले लिएका कतिपय नीति अल्पकालका लागि हुने र दिगो बैंकिङतर्फ पनि राष्ट्र बैंक सोच्ने भएकाले हालका नीतिबाट लाभ लिनुपर्ने उनले स्पष्ट पारिन् । यस्तै अर्थशास्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बैंकिङ फ्युचरका कुरा गर्दा पाँचवटा विषयलाई ध्यान दिनुपर्ने बताए ।

    संस्थागत सुशासन, कर्पोरेट कल्चर, कार्यक्रम (स्किम), प्रविधि र राष्ट्रिय अर्थतन्त्रसँग बैंकिङ क्षेत्रलाई कसरी जोड्ने जस्ता विषयमा बहस गर्नुपर्ने उनले स्पष्ट पारे । थापाले बैंकिङ क्षेत्रको सुरुवात नै पीपीपी मोडलबाट भएको बताए । आधुनिक बैंकिङका सवालमा वित्तीय क्षेत्र कसरी अघि बढ्यो र कसरी आधुनिक बैंकिङसम्म आइपुग्यो भन्नेबारे स्पष्ट पारे ।

    बैंकिङ विज्ञ अनलराज भट्टराईले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा पुगेको सन्दर्भमा संरचनात्मक सुधार, नीति कार्यान्वयनको प्रभावकारिता र डिजिटल प्रविधिमा आधारित भविष्यमुखी बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालको बैंकिङ क्षेत्रमा ठुलो प्राविधिक रुपान्तरण भइरहेको पनि बताए । उनका अनुसार चेकबुकबाट अघि बढेको बैंकिङ अहिले डिजटल कारोबारसम्म आइपुगेको छ ।

    ‘बैंकमा पुुग्नै नपरी धेरै काम गर्न सक्ने अवस्था आएको छ, आधुनिकताले धेरै सहज बनाएको छ,’ भट्टराईले भने, ‘तर यससँगै सुरक्षा जोखिम बढेको छ, यसतर्फ पनि ध्यान पनि दिनुपर्छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार