शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

श्रावण ११, २०८२ आइतवार
श्रावण ११, २०८२ आइतवार
  • तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

    तेह्रथुम पावर कम्पनीको हकप्रद शेयरमा आवेदन दिने आज साउन ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले सो शेयरमा साउन ४ गतेसम्म आवेदन दिने व्यवस्था रहेकोमा सो शेयरमा मागबमोजिम आवेदन नपरेकोले म्याद थप गरिएको हो ।

    कम्पनीले गत असार १६ गतेबाट आफ्ना शेयरधनीहरुलाई हकप्रद शेयर खुला गरेको हो। नेपाल धितोपत्र बोर्डले तेह्रथुम पावरलाई हाल कायम चुक्तापुँजी ४० करोड रुपैयाँको १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गर्न अनुमति दिएको छ। योसँगै कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गरेको छ।

    लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनले तोकेका शाखा र सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्। धितोपत्र बिक्री प्रबन्ध नबिल इन्भेस्टमेन्ट बैंकिङको काठमाडौं नक्सालस्थित कार्यालय, नबिल बैंकको तेह्रथुममा रहेका शाखाहरु छत्तर, म्याङ्लुङ, फेदाप र संक्रान्तिबजार तथा तेह्रथुमको मेन्छयाममा रहेको कुमारी बैंकको शाखाबाट पनि शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

    तेह्रथुम पावरले हकप्रद शेयर निष्कासन प्रयोजनार्थ गत जेठ ५ गते बुक क्लोज गरेको थियो। यसको अर्थ जेठ ४ गतेसम्म कायम शेयरधनीहरुले मात्रै यो हकप्रदमा आवेदन दिन पाउनेछन्। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ८० करोड रुपैयाँ पुग्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार