शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एमालेमा संकट गहिरिंदै छ : प्रचण्ड

एमालेमा संकट गहिरिंदै छ : प्रचण्ड

‘कुलिङ अफ पिरियड’ मा प्रधानमन्त्रीलाई नै छानबिनको दायरामा ल्याउनु पर्ने माग

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • एमालेमा संकट गहिरिंदै छ : प्रचण्ड

    प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले लगायतका ठूला दलहरू निकै ठूलो वैचारिक राजनीतिक संकटमा रहेको टिप्पणी गरेका छन् ।

    आज (शनिबार) काठमाडौंमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई सम्बोधन गर्दै खासगरी एमालेमा ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट देखिएको बताएका छन् ।

    ‘कांग्रेसमा तपाईहरुले हेर्नु भयो भने विश्वेश्वरप्रसाद कोइराला र पछिल्लो पटक गिरिजाप्रसाद कोइराला जस्ता नेताहरूले खेलेको भूमिका या गरेको योगदानको हाराहारीमा पुग्ने वैचारिक, राजनीतिक र सांगठनिक नेतृत्वको खडेरी परेको देखिएको छ,’ उनले भने ।

    प्रचण्डले भने, ‘म योभन्दा बढी अहिले भन्दिनँ र त्यही कुरा एमाले भित्र झन् ठूलो वैचारिक, राजनीतिक र नेतृत्वको संकट अहिले देखिएको छ ।’ मदन भण्डारी र जनताको बहुदलीय जनवाद (जबज) को आधारमा टिकेको एमालेमा अहिले उत्तराधिकारीको संकट देखिएको प्रचण्डले तर्क गरे ।

    ‘तर आजको दिन संकट के भयो भने जबजको उत्तराधिकारी को हो ? जबजको प्रवर्तक नै को हो ? त्यसको प्रस्तावक को हो भन्नेमा विवाद सुरु भयो । तपाईं हेर्नुस्, यो ठूलो संकट हो,’ उनले भने ।

    एमालेमा देखिएको संकट गहिरिने संकेत गर्दै प्रचण्डले भने, ‘अस्ती प्रधानमन्त्रीले मदन भण्डारीसँग सम्बन्धित एउटा स्मृति कार्यक्रममा मदन भण्डारीका चार श्रीमती थिए र सहकारी ठगीको आरोप थियो भनेर कुराबाट सुरु भएको त्यो प्रक्रिया अहिले पक्कै पनि पूर्व राष्ट्रपति विद्या भण्डारीजीले मदन भण्डारी र जबजको सच्चा उत्तराधिकारी मै हो भन्ने ढंगले उहाँ अगाडि आउनु भएको छ र यो संकट गहिरिने देखिएको छ ।’

    उनले वैचारिक संकट नभएको एक मात्र पार्टी माओवादी केन्द्र भएको जिकिर गरे । ‘हामीलाई आठौं महाधिवेशनले गरेको निर्णय समाजवादी क्रान्ति सम्बन्धि सर्वसम्मत निर्णय छ, त्यहाँ अहिलेसम्म कसैले विमति राखेको छैन’ उनले भने, ‘केही महिना अगाडि केन्द्रीय समितिको बैठक पनि सर्वसम्मत निर्णयबाट भएको छ र हामी अभियानमा छौं ।’

    ‘कुलिङ अफ पिरियड’ मा प्रधानमन्त्रीलाई नै छानबिनको दायरामा ल्याउनु पर्ने माग
    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीलाई ‘कुलिङ अफ पिरियड’ प्रकरणमा छानबिनको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

    उनले संघीय निजामती ऐनमा ‘कुलिङ अफ पिरियड’ बारे भएको छेडखानी पहिले नै प्रधानमन्त्रीकै मिलेमतोमा भएको हुनसक्ने आशंका भए पनि त्यसबेला पर्याप्त आधार नरहेको तर अहिले राष्ट्रिय सभामा नेकपा (एमाले) का सांसदहरूको गतिविधिबाट प्रधानमन्त्रीको संलग्नताको आधार पुष्टि भएको जिकिर गरे ।

    उनले यो प्रकरणको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री ओलीले लिनुपर्ने बताए । उनले नेकपा (एमाले) को नेतृत्वकै कारण ‘कुलिङ अफ पिरियड’ मा छेडखानी भएको दाबी गरे ।

    अध्यक्ष प्रचण्डले भने, ‘तपाईहरूले देख्नुभएको छ, अहिले जालझेल, ठगी, भ्रष्टाचार, बेइमानी सरकारको परिभाषा जस्तो भएको छ । अहिलेको सरकार भनेकै त्यस्तै हो । संघीय निजामती ऐनमा ‘कुलिङ अफ पिरियड’ दुई वर्ष सर्वसम्मत पारित भएको थियो । सरकारको नेतृत्व गर्ने पार्टीले राष्ट्रिय सभामा संशोधन गरेर अब त्यो हुँदैन भन्न थाल्यो । अन्तिममा एमालेले ‘म्याउँ’ गर्‍यो । यसको नियत नै षड्यन्त्रपूर्ण रहेछ ।’

    उनले संसदीय छानबिन समितिलाई पनि प्रधानमन्त्रीलाई दायरामा पार्न माग गरिएको बताए । उनले भने, ‘शंकाको सुई पहिल्यै प्रधानमन्त्रीतिर सोझिएको थियो । तर त्यस बेला ठोस आधार थिएन । अहिले एमाले सांसदहरूको संशोधन र गतिविधिबाट यो षड्यन्त्र नेकपा (एमाले) र यसको नेतृत्वकै नियतका कारण भएको पुष्टि भएको छ । छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पर्नुपर्छ भन्ने हाम्रो माग हो । हाम्रा माननीय सदस्यहरूले सदनमा पनि यो कुरा उठाउनु भएको छ ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार