शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

संघीय निजामती सेवा ऐनमा एमालेको षड्यन्त्र, छानबिनमा प्रधानमन्त्री ओली पनि पर्नुपर्छ: प्रचण्ड

संघीय निजामती सेवा ऐनमा एमालेको षड्यन्त्र, छानबिनमा प्रधानमन्त्री ओली पनि पर्नुपर्छ: प्रचण्ड

'कुलिङ पिरियडमा एमालेले अन्ततः म्याउ गर्‍यो'

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • संघीय निजामती सेवा ऐनमा एमालेको षड्यन्त्र, छानबिनमा प्रधानमन्त्री ओली पनि पर्नुपर्छ: प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन (कुलिङ अफ पिरियड) लाई रोक्न एमालेले षड्यन्त्र गरेको आरोप लगाएका छन् । शनिबार राजधानीमा आयोजित सहिद शिक्षक स्मृति केन्द्रको बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

    प्रचण्डले ऐनबारे संसदमा भएको संशोधन र एमाले सांसदहरूको भूमिकालाई संकेत गर्दै उक्त दलको नियतमै समस्या रहेको बताए । उनले भने, ‘संघीय निजामती ऐन जुन कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गरेरै छाड्यो । उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जिम्मेवारी लिनुपर्ने बताए । प्रचण्डले प्रधानमन्त्री ओलीकै संलग्नतामा ऐनलाई निष्क्रिय तुल्याउने प्रयास भएको दाबी गर्दै छानबिनको दायरामा उनी पनि पर्नुपर्ने धारणा राखे ।

    ‘संकाको सुई पहिला पनि प्रधानमन्त्री तिरै थियो, तर ठोस रुपमा भन्ने आधार थिएन,’ उनले भने, ‘अहिले एमाले सांसदहरूले गरेको गतिविधिहरू र संशोधनबाट नै यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं ।’ संघीय निजामती ऐनको विवाद पछिल्लो समय राजनीतिक दलहरूबीच तिव्र बिबादको विषय बनेको छ । 

    यसैगरी ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयकमा भएका परिवर्तन र शिक्षक आन्दोलनसँग सम्बन्धित सहमति माओवादी नेतृत्वकै पहलमा सम्भव भएको दाबी गरे । उनले शिक्षकहरुको समस्याको समाधानमा आफ्नो दलको पहल निर्णायक नभए पनि केही हदसम्म राहत पुर्‍याएको बताए । ‘हामीले आफ्नै ठाउँबाट गरेका प्रयासहरूले केही हदसम्म राहत दिएको हो । तर पूर्ण रुपमा समाधान भएको छैन,’ उनले भने, ‘विद्यालय शिक्षा विधेयकलाई सदनमा पुर्‍याउन मैले धेरै मेहनत गरेको छु । हाम्रो नेतृत्वको सरकार नभएको भए शिक्षक आन्दोलनसँग सम्बन्धित पाँच बुँदे सहमति सम्भव हुने थिएन ।’

    prachanda dance.jpg

    उनले शिक्षा विधेयकको ड्राफ्ट तयार गर्न र सदनमा पुर्‍याउनका लागि भएको प्रयासमा माओवादी नेतृत्व निर्णायक रहेको पनि उल्लेख गरे । ‘मन्त्रिपरिषद्बाट पास गरेर पठाएको विधेयकमा बिच बाटोमै छेडखानी भयो । त्यो विधेयक शिक्षकहरुको मागअनुसार पनि नभएको थाहा पाएपछि सुधार गरेर पुनः सदनमा पुर्‍याइयो,’ उनले भने ।

    सदनमा विधेयकमाथि भएको बहस र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उनले असन्तुष्टि जनाए । ‘प्रधानमन्त्रीले शिक्षक आन्दोलनलाई अपमानित गर्ने गरी नग्न रूपमा हमला गर्नुभयो, तर त्यसको प्रतिवाद सडकदेखि सदनसम्म माओवादीले नै गर्‍यो ।’ 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार