शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

खेती किसानी गरिरहेकी पार्वती कार्कीलाई करोड उपहार

खेती किसानी गरिरहेकी पार्वती कार्कीलाई करोड उपहार

श्रावण १०, २०८२ शनिवार
श्रावण १०, २०८२ शनिवार
  • खेती किसानी गरिरहेकी पार्वती कार्कीलाई करोड उपहार

    धादिङ, गंगाजमुना गाउँपालिका–६ की पार्वती कार्कीले एनसेलको ‘सधैं अन करोडपति’ योजनाअन्तर्गत एक करोड रूपैयाँको बम्पर पुरस्कार जितेकी छन् । एनसेलका चिफ फाइनान्सियल अफिसर इनामुल कबिरले शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममार्फत पुरस्कार हस्तान्तरण गरेका हुन् ।

    २०७२ सालको भूकम्पमा कान्छो छोरा र घर गुमाएकी कार्कीले विगत आठ वर्षदेखि एनसेलको सिम प्रयोग गर्दै आएकी थिइन् । असार महिनामा रू ९९ को ‘बेसिक रिन्युअल’ प्याक खरिद गर्दै उनले योजनामा सहभागिता जनाएकी थिइन् ।

    ‘जीवनमा धेरै संघर्षपछि यो पुरस्कार जित्दा अत्यन्त खुशी लागेको छ । अब ऋण तिर्ने र नेपालमै श्रीमानसँग मिलेर उद्यम सुरू गर्ने सोच छ’, कार्कीले भनिन् । सामान्य लेखपढ भएकी कार्की खेती किसानी गर्छिन् ।

    एनसेलको १२ हप्ते योजनामा अन्य ५० जनाले जनही एक लाख रूपैयाँको साप्ताहिक पुरस्कार जितेका छन् । एनसेलकाअनुसार हालसम्म ३६ जनालाई पुरस्कार हस्तान्तरण भइसकेको छ भने बाँकी विजेतालाई पनि प्रमाणिकरणपछि पुरस्कृत गरिनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार