शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

मदन भण्डारीले दिएको सदस्यता हो, कसैलाई लाग्दैमा फाल्न सक्दैन: विद्यादेवी भण्डारी (पूर्णपाठ)

मदन भण्डारीले दिएको सदस्यता हो, कसैलाई लाग्दैमा फाल्न सक्दैन: विद्यादेवी भण्डारी (पूर्णपाठ)

श्रावण ९, २०८२ शुक्रवार
श्रावण ९, २०८२ शुक्रवार
  • मदन भण्डारीले दिएको सदस्यता हो, कसैलाई लाग्दैमा फाल्न सक्दैन: विद्यादेवी भण्डारी (पूर्णपाठ)

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले कसैलाई लाग्दैमा आफ्नो पार्टी सदस्यता खारेज नहुने दाबी गरेकी छिन् । ४५ वर्ष अगाडि आफूले पार्टीको सदस्यता लिएको र मदन भण्डारीले शपथ गराएको उनले स्मरण गरेकी छन् ।

    आज (शुक्रबार) काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर भण्डारीले कसैले हुलहुज्जतको भरमा आफ्नो सदस्यता खारेज गर्ने अधिकार कसैलाई नरहेको जिकिर गरेकी छन् । ‘म अहिले पनि एमाले परिवारको सदस्य हुँ, ४५ वर्षअघि सदस्यता लिएकी हुँ,’ भण्डारीले भनिन्, ‘मदन भण्डारी कोशी–सगरमाथाको इचार्ज हुँदा मलाई शपथ गराउनु भएको हो । कसैलाई लाग्यो भन्दैमा मेरो सदस्यता फाल्न सक्दैन’ उनले भनिन् ।

    भण्डारीले आफू राष्ट्रपति बन्दा पार्टी परित्याग नगरेको जिकिर गर्दै उनले राष्ट्रपतिको कार्यकाल सकिएपछि विधिवत् सदस्यता नवीकरण गरेको बताइन् । राजनीति गर्न पाउने व्यक्तिको संवैधानिक अधिकारको कसैले पनि हनन् गर्न नपाउने उनले बताइन् ।

    ‘पार्टीको आफ्नो प्रक्रिया हुन्छ । हाम्रो पार्टी प्रणालीमा चल्छ । कसलाई कतिखेर के मनलाग्छ त्यो निर्णय गर्ने कुरा होइन,’ उनले भनिन्, ‘३४ वर्ष सदस्यता रहेपछि राष्ट्रपतिको शपथ खाएको हुँ । पार्टीले निर्णय गरेर पठाएको हो । अहिले आएपछि विधिपूर्वक नै पार्टीमा आवद्ध भएको छु भनेर भन्छु । समृद्ध नेपाल सुखी नेपाली जनताको बहुदलीय जनवादको आधारमा भनिएको हो। पार्टीको आन्तरिक कुराहरू हुन्छन् । त्यहाँ कुरा होला ।’

    यही साउन ६ गते बसेको नेकपा एमालेको बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग साउन ४ गते पार्टी कार्यालयमा भएको भेटवार्ता सौहाद्रपूर्ण भएको भण्डारीले बताइन् । तर, सदस्यता खारेजी हुलहुज्जतपूर्ण ढंगले गरिएको उनले गुनासो गरिन् ।

    हेर्नुहोस् सम्वोधनको पूर्णपाठ

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार