शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पूर्व राष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्दै

पूर्व राष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्दै

श्रावण ८, २०८२ बिहिवार
श्रावण ८, २०८२ बिहिवार
  • पूर्व राष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्दै

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि (शुक्रबार) पत्रकार सम्मेलन गर्ने भएकी छिन् । शुक्रबार दिउँसो ३ बजे कार्की बैंन्क्वेटमा पत्रकार सम्मेलन आयोजना गरिएको उनी निकट एक नेताले जानकारी दिए ।

    पार्टी केन्द्रीय कमिटी बैठकको निर्णयपछिको परिस्थितिबारे जानकारी गराउने गरी पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरिएको हो । केन्द्रीय कमिटी बैठकले उनलाई सक्रिय राजनीतिमा आउनका लागि रोक लगाउने निर्णय गरेको थियो ।

    संविधान र पार्टी विधानका विभिन्न धारा देखाउँदै एमालेले उनको सदस्यता नवीकरण हुन नसक्ने निष्कर्ष निकालेको छ । पूर्व राष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्किन अशोभनीय हुने एमालेको निष्कर्ष छ ।

    यता पूर्व राष्ट्रपति भण्डारीले आफू अघि बढिसकेकाले खुट्टा नकमाउने बताइसकेकी छन् । नेकपा एमालेको केन्द्रीय कमिटीले सक्रिय राजनीतिमा फर्किन रोक लगाउने निर्णयपछि पूर्व राष्ट्रपति भण्डारीले केहि दिनमै आफ्नो धारणा सार्वजनिक गर्ने बताएकी थिइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार