शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बीपीको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ: सभापति देउवा

बीपीको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ: सभापति देउवा

श्रावण ६, २०८२ मंगलवार
श्रावण ६, २०८२ मंगलवार
  • बीपीको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ: सभापति देउवा

    नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक भएको बताएका छन् । 

    बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा काठमाडौँको बसुन्धरामा आयोजित 'देश विकास र देशवासीको उन्नतीको आधार- बीपी बिचार' बिषयक गोष्ठीलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका हुन् ।   

    देउवाले बीपीको सिद्धान्त र मूल्य मान्यताले नै कांग्रेस आजको स्थितिमा आएको बताउदै भने- 'राष्ट्रिय एकता, सामाजिक सदभावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक छ । उहाँको त्याग, योगदान, स्थापित मूल्य मान्यताले नै नेपाली कांग्रेसलाई आजको स्थितिमा ल्याएको हो ।’

    सभापति देउवाले बीपी कोइरालाको जीवन सधैं संघर्ष र आन्दोलनमा नै गुज्रिएको उल्लेख गर्दै बीपी कोइरालाको राजनीतिक वा साहित्यिक चिन्तन कांग्रेसका लागि मात्र नभई आधुनिक नेपाल निर्माणका लागि समेत मार्गदर्शन भएको बताएका थिए ।

    सो कार्यक्रममा काँग्रेस नेता डा. शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, प्रवक्ता डा. प्रकाश शरण महतलगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार