शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

पूर्वराष्ट्रपति भण्डारी बारे राजनीतिक निर्णय गर्न केन्द्रीय सदस्यहरुको सुझाव

पूर्वराष्ट्रपति भण्डारी बारे राजनीतिक निर्णय गर्न केन्द्रीय सदस्यहरुको सुझाव

श्रावण ५, २०८२ सोमवार
श्रावण ५, २०८२ सोमवार
  • पूर्वराष्ट्रपति भण्डारी बारे राजनीतिक निर्णय गर्न केन्द्रीय सदस्यहरुको सुझाव

    नेकपा एमालेको केन्द्रीय कमिटीको आजको बैठक सकिएको छ ।  आजको बैठकमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले विधान संशोधन र सांगठनिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । त्यसपछि केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोल्न समय दिइएकोमा गण्डकी, मधेस र उपत्यका कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूले बोलेका थिए ।

    हरेक केन्द्रीय सदस्यलाई ३-३ मिनेटको समय दिइएको छ । बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको बारेमा राजनीतिक निर्णय गर्नुपर्ने धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

    उनले पार्टीको केन्द्रीय सचिवालय र पोलिटब्युरोले प्रस्ताव गरेका विषयमा अहिलेसम्म बोल्ने केन्द्रीय सदस्यहरुले सहमति जनाएको र पूर्वराष्ट्रपति भण्डारीको विषयलाई गम्भीरताका साथ लिदै नेतृत्वले राजनीतिक निर्णय गर्न सुझाव दिएको बताए । अब बैठक मंगलबार पनि चल्ने छ । 

    यस बैठकले यसअघि सचिवालय र पोलिटब्युरो बैठकले अनुमोदन गरेको उपाध्यक्ष विष्णु पौडेलले प्रस्स्तुत गरेको विधान संशोधनसम्बन्धी प्रस्ताव, महासचिव शंकर पोखरेलले पेश गरेको पार्टीको सङ्गठनात्मक प्रस्तावमाथि छलफलपछि अनुमोदन गर्ने छ ।

    एमालेले प्रस्तावित विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकाल कार्यकारी पदमा रहने यसअघिको व्यवस्थालाई हटाइएको छ भने पार्टीमा स्थायी, पोलिटब्यूरो र केन्द्रीय कमिटी गरी तीन तहको संरचना हुने र केन्द्रीय कमिटी २५१ सदस्यीय हुने प्रस्ताव गरिएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार