शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

ओली पनि पुगे च्यासल, भण्डारीसँग छलफल हुँदै

ओली पनि पुगे च्यासल, भण्डारीसँग छलफल हुँदै

श्रावण ४, २०८२ आइतवार
श्रावण ४, २०८२ आइतवार
  • ओली पनि पुगे च्यासल, भण्डारीसँग छलफल हुँदै

    प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि एमाले केन्द्रीय कार्यालय च्यासल पुगेका छन् । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न ओली बालुवाटारबाट ललितपुरको च्यासल पुगेका हुन् ।

    भण्डारी आधा घण्टा अगाडि नै च्यासल पुगिसकेकी छिन् । दिउँसो ३ बजे भनिएको भेटवार्ता प्रधानमन्त्रीको कार्य व्यवस्तताका कारणले केहीबेर पर धकेलिएको थियो । अब केहीबेरमै उनीहरू वार्तामा जुट्ने छन् । भण्डारीले गरेको सक्रिय राजनीतिको घोषणा र पार्टीका लगातार बैठकपछि हुन लागेको उनीहरूबीचको भेटवार्तालाई चासोका साथ हेरिएको छ ।

    अहिले एमाले पार्टी कार्यालयमा नेता–कार्यकर्ताहरूको बाक्लो भिड छ । च्यासल पुगेपछि भण्डारीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डेसहितका नेतासँग अनौपचारिक संवाद गरेकी थिइन् । राजनीतिमा फर्किने घोषणा गरेपछि ओली र भण्डारीले पहिलो पटक छलफल गर्न लागेका हुन् ।

    एमाले पोलिटब्युरोको शनिबार बसेको बैठकले भण्डारीको पार्टी सदस्यता पेन्डिङमा रहेको घोषणा गरेको थियो । तर भण्डारीले असार १४ सदस्यता नवीकरण गरेर एमालेमा फर्किएको घोषणा गरेकी थिइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार