शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

एमाले पोलिटब्युरो बैठकबाट विधान संशोधन प्रस्ताव पारित

एमाले पोलिटब्युरो बैठकबाट विधान संशोधन प्रस्ताव पारित

हट्यो ७० वर्षे उमेर हद, विद्या भण्डारीको सदस्यता ‘पेन्डिङ’

श्रावण ३, २०८२ शनिवार
श्रावण ३, २०८२ शनिवार
  • एमाले पोलिटब्युरो बैठकबाट विधान संशोधन प्रस्ताव पारित

    सत्तारुढ नेकपा एमालेले पार्टीको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गरेको छ । शुक्रबार र शनिबार बसेको पार्टीको पोलिटब्युरो बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन् ।

    पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेर हदको व्यवस्था खारेज गर्ने विषयलाई स्वीकार गर्दै बैठकबाट उक्त प्रस्ताव पारित गरेको गौतमले जानकारी दिए । ‘विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटब्यूरो बैठकले स्वीकार गरेको छ ।

    सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ । त्यसभित्रका महत्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो । त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौं,’ गौतमले भने ।

    एमालेले पार्टीका नेताहरूका लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । दुई दिन बसेको पार्टीको पोलिटब्युरो बैठकले विधानमा रहेको उमेर हदसम्बन्धी व्यवस्था खारेज गर्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकार गरेको हो ।

    बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उक्त जानकारी दिएका हुन् । उनका अनुसार, बैठकले विधानको धारा ६४ मा रहेको उमेर हदको व्यवस्थालाई खारेज गर्ने प्रस्तावलाई स्वीकार गरेको छ ।

    बैठकमा जिल्ला कमिटीलाई हालको राजकीय संरचनाअनुसार कार्यकारी कमिटीको रूपमा विकास गर्ने विषयमा पनि छलफल भएको गौतमले जानकारी दिए । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणको विषय बैठकमा उठे पनि हाललाई कुनै निर्णय नभएको गौतमले बताए ।

    उनका अनुसार, पार्टी विधानको धारा ८ र ९ अनुसार राष्ट्रपति जस्तो गरिमामय पदबाट अवकाश पाएको व्यक्तिको सक्रिय राजनीतिमा पुनरागमन र सदस्यताको प्रक्रियाबारे गम्भीर छलफल आवश्यक देखिएकोले यो विषय हाललाई ‘पेन्डिङ’ मा राखिएको हो ।

    ‘राष्ट्रपति पदको गरिमा र हाम्रो प्रणालीमा यसले पार्ने प्रभावबारे विभिन्न कोणबाट छलफल भयो,’ गौतमले भने, ‘यस विषयमा पार्टीले उचित समयमा आवश्यक परामर्श र छलफलपछि ठूलो फोरमबाट निर्णय लिनेछ ।’

    उनले पूर्व राष्ट्रपति भण्डारी, कांग्रेस नेता शेखर कोइराला र माओवादी अध्यक्ष ‘प्रचण्ड’ बीच नयाँ समीकरणबारे छलफल भएको भन्ने बाहिर आएका हल्लाहरूमा कुनै सत्यता नभएको र बैठकमा यसबारे कुनै चर्चा नभएको स्पष्ट पारे ।

    पोलिटब्युरो बैठकले पारित गरेका विधान संशोधन सम्बन्धी यी प्रस्तावहरूलाई अब साउन ५ गते बस्ने केन्द्रीय कमिटीको बैठकमा पेस गरिनेछ । केन्द्रीय कमिटीबाट पारित भएपछि सुझावका लागि तल्ला कमिटीहरूमा पठाइने र त्यसपछि विधान महाधिवेशनले अन्तिम टुङ्गो लगाउने एमालेले जनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार