शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

कर्ण थापाको अपिल: पार्टीलाई आदेशबाट होइन, विधिबाट सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाऔं

कर्ण थापाको अपिल: पार्टीलाई आदेशबाट होइन, विधिबाट सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाऔं

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • कर्ण थापाको अपिल: पार्टीलाई आदेशबाट होइन, विधिबाट सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाऔं

    सत्तारुढ नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टी विधिबाट सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीबार बसेको पार्टी सचिवालय बैठकले पदाधिकारी संख्या घटाउने, उमेरहद ७० वर्षे प्रावधान खारेज गर्ने, कार्यकारी पदमा दुुई कार्यकाल मात्र बस्न पाउने व्यवस्था खारेज गर्नेसहितका निर्णय गरेपछि थापाले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा पारित भएका दस्तावेजहरूमाथि बहस आवश्यक रहेको पनि बताएका छन् । ‘लामो समयको बहसबाट पार्टी नेतृत्व र सञ्चालन सम्बन्धि स्थापित लोकतान्त्रिक मान्यता पालना गर्ने कि व्यक्तिको पदीय आकांक्षा पूरा गर्न तोड्ने गम्भीर बहसको सुरूवात भएको छ, एमालेको सचिवालयको बैठकमा,’ उनले भने, ’कमरेड अध्यक्षको नेतृत्वमा पारित भएका दस्तावेज अगाडि राखेर बहस गरौं । आदेशबाट होइन, विधिबाट पार्टी सञ्चालन गर्न अन्तर संघर्षलाई सघन बनाऔं । मर्यादा र सिष्टताका सीमालाई सबैले पालना गरौं ।’

    एमालेको सचिवालय बैठक विहीबार राति मध्यरातसम्म चलेको थियो । पोलिटब्युरो बैठक सारेर आज (शुक्रबार) ३ बजेका लागि बोलाइएको छ । विहीबार बसेको एमालेको सचिवालय बैठकले पार्टीमा ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ । दशौं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरू मात्रै आगामी भदौमा हुने विधान महाधिवेशन प्रतिनिधि बन्ने प्रस्ताव पारित गरेको छ । बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका केही नेताहरूले यसमा फरक मत राखेका छन् ।

    सचिवालयबाट पारित भएको यो प्रस्ताव अब पोलिटब्यूरो र केन्द्रीय कमिटीबाट पनि निर्णय भएमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी विधान महाधिवेशन प्रतिनिधि बन्न नपाउने देखिएको छ ।

    karna_thapa.png

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार