शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच आज एकता हुदै

एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच आज एकता हुदै

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच आज एकता हुदै

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र बामदेव गौतम नेतृत्वको नेकपा राष्ट्रिय एकता अभियानबीच आज एकता हुदैछ ।

    राष्ट्रिय सभामा हुने एकीकरणको तयारी पुरा भएको एकीकृत समाजवादीले जनाएको छ । एकता सभाको कार्यसूची तथा नेताहरूको वरियताक्रम व्यवस्थापन कार्यसम्पन्न भएको छ ।

    कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

    एकता पछि एकीकृत समाजवादीमा अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम रहने गरि सहमति भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार