शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

बहुमत निकट अखिल क्रान्तिकारीको आज शैक्षिक हडताल, विद्यालयको पठनपाठन प्रभावित

बहुमत निकट अखिल क्रान्तिकारीको आज शैक्षिक हडताल, विद्यालयको पठनपाठन प्रभावित

श्रावण २, २०८२ शुक्रवार
श्रावण २, २०८२ शुक्रवार
  • बहुमत निकट अखिल क्रान्तिकारीको आज शैक्षिक हडताल, विद्यालयको पठनपाठन प्रभावित

    नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) को आव्हानमा आज देशव्यापी शैक्षिक हडतालका कारण धेरैजसो शैक्षिक संस्थाको पठन पठन प्रभावित बनेको छ ।

    राजधानी काठमाडौँका धेरै जसो विद्यालयले विशेष कारण भन्दै विद्यालयमा बिदा दिएका छन् । त्यस्तै काठमाडौँ बाहिर पनि धेरै विद्यालयले बिदा दिएपछि अध्ययन प्रभावित बनेको हो ।

    नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले निःशुल्क शिक्षा सम्बन्धि हकको कार्यान्वय गर्न, जनपक्षीय शिक्षा ऐन जारी गराउन, शिक्षामा पैसा हुने र नहुनेका बीचको विभेद अन्त्य गर्न, स्वदेशमै अध्ययन र रोजगारीको वातावरण निर्माण गर्न, विद्यालयको स्तरोन्नति गरी गुणस्तरीय शिक्षा कायम गर्न, शिक्षक तथा विद्यालय कर्मचारीहरूका समस्याहरू समाधान गर्न, शिक्षामा दलालीकरण र माफियाकरणको अन्त्य गर्न भन्दै आज देशव्यापी शैक्षिक हडतालको आव्हान गरेको छ ।

    अखिल (क्रान्तिकारी) ले संविधानको भाग ३ अन्तर्गत धारा ३१ मा सुनिश्चित गरिएको शिक्षासम्बन्धी मौलिक हकको उल्लंघन भएको, शिक्षाको निजीकरण र व्यापारीकरणलाई प्रोत्साहन गरिएको, र शैक्षिक माफिया तथा दलालहरूको संरक्षण गरिएको भन्दै आफुहरु आन्दोलनमा रहेको बताएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार