शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत रेग्मी रास्वपामा प्रवेश

पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत रेग्मी रास्वपामा प्रवेश

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत रेग्मी रास्वपामा प्रवेश

    नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा.धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । आज (बिहीबार) केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मनीषा झाले रेग्मी पार्टीमा प्रवेश गरेको जानकारी दिएका हुन् ।

    रास्वपाको सिद्धान्त, नीतिगत धारणा र समर्पित नेतृत्वप्रति रेग्मीले विश्वास व्यक्त गर्दै पार्टीमा सहभागी भएका जानकारी दिए । कार्यक्रममा सम्बोधन गर्दै रेग्मीले पुराना राजनीतिक शक्तिहरूबाट मुलुकको समृद्धि सम्भव नभएको निष्कर्षमा पुगेको बताएका छन् ।

    जीवनको धेरै समय विज्ञान, अनुसन्धान र पर्यटन विकासमा बिताएको बताउँदै अब त्यो अनुभवलाई राजनीतिको माध्यमबाट राष्ट्र निर्माणमा प्रयोग गर्ने उद्घोष गरेका छन् । रेग्मीले आफू यसअघिसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पार्दै अब रास्वपाको नीतिगत स्पष्टता र सदाचारी नेतृत्वप्रति भरोसा रहेकाले पार्टीमा प्रवेश गरेको बताएका छन् । रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेका राज्यद्वारा नियोजित दमन र चरित्रहत्या प्रयासप्रति चिन्ता व्यक्त गर्दै आफू रवि नेतृत्वप्रति पूर्ण समर्थनका साथ उभिएको उनको भनाइ छ ।

    पर्यटन बोर्डमा रहँदा रेग्मी एकपछि अर्को विवादमा मुछिएका थिए । २०७८ सालमा बेलायतबाट नेपाल फर्कने क्रममा आफूले ल्याएको रक्सीको निहुँमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीसँग झगडा गरेका थिए । आफ्नो पदीय हैसियतको दुरुपयोग तथा नैतिक आचरण विपरीत काम गरेको भन्दै उनलाई बोर्डको सञ्चालक समितिले निलम्बन समेत गरेको थियो । त्यतिबेला यस विषयमा गठित छानबिन समितिका संयोजक चन्द्रप्रसाद रिजाललाई उनले मार्ने तथा काट्ने धम्की समेत दिएका थिए ।

    त्यस्तै, २०८० सालमा रेग्मीले बोर्डको ६० लाख रकम खर्च गर्ने गरी आफ्नो निजी कम्पनीको भूगोलसम्बन्धी कार्यक्रम गरेको आरोप लागेको थियो । उनी बोर्डमा रहँदा आर्थिक पारदर्शितामा प्रश्न उठेपछि अख्तियार दुरुपयोग आयोगले केही योजनासँग सम्बन्धित कागजात पनि मगाएको थियो । स्याङ्जाका स्थायी बासिन्दा रहेका रेग्मी विभिन्न व्यवसायमा पनि संलग्न छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार