शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मधेसी भएकाले गुप्तालाई राजीनामा दिन बाध्य पारियो, अधिकारीले पर्दैन : उपेन्द्र यादव

मधेसी भएकाले गुप्तालाई राजीनामा दिन बाध्य पारियो, अधिकारीले पर्दैन : उपेन्द्र यादव

श्रावण १, २०८२ बिहिवार
श्रावण १, २०८२ बिहिवार
  • मधेसी भएकाले गुप्तालाई राजीनामा दिन बाध्य पारियो, अधिकारीले पर्दैन : उपेन्द्र यादव

    जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले प्रधानमन्त्री केपी शर्मा ओली भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीको अडियो प्रकरणबारे मौन रहेको आरोप लगाएको छ । सामाजिक सञ्जालमार्फत यादवको सचिवालयले बालुवाटारमा ओली रहुञ्ञ्जेल अधिकारीले राजीनामा दिनु नपर्ने भन्दै कटाक्ष गरेको छ ।

    सचिवालयले लेखेको छ, ‘ढुक्क हुनुस्, भूमिमन्त्री बलराम अधिकारीले राजीनामा दिनु पर्दैन । बालुवाटार र च्यासलको शिरमा ‘बा’ को राज रहुञ्जेल उनका सगोत्री पार्टनरहरूलाई जो गर्न पनि छुट छ ।’ मन्त्री अधिकारीले पोखराको बाटुलेचौरस्थित १३४ रोपनी जग्गा ‘सेटिङ’ मिलाएर दर्ता गर्नका लागि ३२ लाख रुपैयाँ घस बुझेको दाबी गरिएको अर्को अडियो सार्वजनिक भएको छ ।

    बुधबार सार्वजनिक भएको उक्त अडियोमा एमालेका स्थानीय नेता समेत रहेका बिचौलिया सुजन लामामार्फत अधिकारीले मन्त्री क्वार्टरमै घस रकम बुझेको दाबी गरिएको छ । अडियोमा घुस लेनदेन र ‘सेटिङ’ मा मन्त्री अधिकारीका छोरा मनोज, भूमि व्यवस्था मन्त्रालयका तत्कालीन सचिव अर्जुन पोखरेल समेत संलग्न रहेको भनिएको छ । यादवको सचिवालयले यसै विषयमा कटाक्ष गरेको हो ।

    ‘सामान्य प्रशासन मन्त्री पदबाट भर्खरै राजीनामा दिएका राजकुमार गुप्ता मधेश मूलका थिए र उनलाई राजीनामा दिन बाध्य पारियो । बिचौलिया, कमिसनखोर र भ्रष्टाचारीहरूका संरक्षक शिरोमणि ‘बा’ का उनी सगोत्री भएको भए अझै ठूलो काण्ड गरे नि ‘बा’ को शिरमा विराजमान भइरहन्थे,’ सचिवालयले भनेको छ । गुप्ताकै अडियो प्रकरणमा भूमिमन्त्री अधिकारी पनि मुछिएकै हुन् ।

    Upendra_status.png

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार