शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

हिमालयन बैंकको एफपीओ खुला, कतिले दिन पाउछन् आवेदन?

हिमालयन बैंकको एफपीओ खुला, कतिले दिन पाउछन् आवेदन?

आषाढ ३२, २०८२ बुधवार
आषाढ ३२, २०८२ बुधवार
  • हिमालयन बैंकको एफपीओ खुला, कतिले दिन पाउछन् आवेदन?

    हिमालयन बैंकको थप सार्वजनिक सेयर (एफपीओ) निष्कासन गरेको छ  । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुरुप कम्पनीले सर्वसाधारण समूहमा सेयर हिस्सा ३० प्रतिशत कायम गर्न आम सर्वसाधारणका लागि आज बुधबारदेखि एफपीओ जारी गरेको हो ।

    बैंकले एक अर्ब ४५ करोड २३ लाख बराबरको ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्कासन गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा बैंक, विकास बैंक, फाइनान्स तथा लघुवित्तले सर्वसाधारणलाई कम्तीमा ३० प्रतिशत सेयर जारी गर्नैपर्ने व्यवस्था छ ।

    हाल सर्वसाधारण समूहमा बैंकको सेयर हिस्सा जम्मा २७ प्रतिशत छ । अंकित मूल्य १ सयमा ५७ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता १५७ रुपैयाँका दरले बैंकले एफपीओ जारी गरेको छ । बैंकको एफपीओ बिक्री प्रवन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

    एफपीओमा साउन ४ गतेसम्म सर्वसाधारणले आवेदन दिन सक्नेछन् । अनलाइन प्रणाली मेरो सेयर वा आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

    न्यूनतम १० तथा अधिकतम पूरै सेयरका लागि आवेदन दिन सकिने छ । एफपीओका लागि गराएको रेटिङमा केयर रेटिङ बीबीबी प्रदान गरेको छ । मंगलबार बजार बन्द हुँदा यस बैंकको सेयर मूल्य प्रतिकित्ता २३४ रुपैयाँ रहेको थियो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार