शनिवार, श्रावण ३१ २०८२
शनिवार, श्रावण ३१ गते २०८२

२०८२, श्रावण ३१ गते

16th Aug 2025

    शनिवार, श्रावण ३१ २०८२
images
images
images

आफूमाथि लगाइएका आरोप परीक्षणसहित पुष्टि गर्न मन्त्री गुप्ताको चुनौती

आफूमाथि लगाइएका आरोप परीक्षणसहित पुष्टि गर्न मन्त्री गुप्ताको चुनौती

आषाढ ३०, २०८२ सोमवार
आषाढ ३०, २०८२ सोमवार
  • आफूमाथि लगाइएका आरोप परीक्षणसहित पुष्टि गर्न मन्त्री गुप्ताको चुनौती

    सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार भएको बताएका छन् । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचार र त्यसमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै ती आरोपहरूको परीक्षणसहित पुष्टि गर्न चुनौतीसमेत दिएका हुन् ।

    आफूविरुद्ध हाल सञ्चारमाध्यमहरूमा आइरहेका समाचारहरू प्रायोजित र निराधार रहेको दाबी गर्दै मन्त्री गुप्ताले सरुवा र नियुक्तिजस्ता कार्यमा कहीँकतै घुस डिल नगरेको स्पष्ट गरेका छन् । उनले भनेका छन्- ‘यो विषय मेरा लागि अत्यन्त संवेदनशील छ, ममाथि प्रश्न उठाएपछि अब यस्ता आरोपहरू पुष्टि गर्न मिडिया स्वयंले पनि प्रमाण खोज्नुपर्छ । प्रतिष्ठा हरण र निराधार आरोपको पुष्टि हुने आधार मिडियाले खोजौँ ।’

    सरुवा र नियुक्तिलगायत विषयमा ‘रकम बार्गेनिङ गरेको’ भन्ने जस्ता आशयका समाचारहरूले आफ्नो व्यक्तिगत प्रतिष्ठामाथि आँच पुर्‍याएको उहाँको भनाइ छ । समाचारमा आएका विषयवस्तुहरूप्रति गम्भीर आपत्ति रहेको जनाउनुहुँदै मन्त्री गुप्ताले आफ्नोविरुद्ध समाचार लेख्ने सञ्चारमाध्यमलाई नै प्रश्न गर्दै उत्तर खोज्न आग्रह गरेका छन् ।

    उनले मिडियालाई बिचौलिया वा कर्मचारी सरुवा गर्न दबाब दिने को हुन ? नोट राखिएको टेबल कहाँको हो ? जुन टेबुल देखाइएको छ त्यो मकहाँ कहिल्यै छैन । नोटको नम्बरसहित अख्तियारमा निवेदन गरेको भनियो तर ती नोट कहाँ, कसले दियो ? कुन अवस्थामा छ ? मलाई थाहा छैन,  प्रभावमा पार्न जोडिएका कर्मचारीको बारेमा मलाई केही थाहा छैन । अनि भूमि आयोगमा नियुक्त भए कि छैनन् ? अडियोमा समावेश आवाज मेरो होइन । सूचना प्रविधिको दुरुपयोग गरी निर्माण गरिएको हुनसक्छ । त्यसको कसले पुष्टि गर्ने ? लगायतका प्रश्न गरेका छन् ।

    मन्त्री गुप्ताले राज्यको चौथो अङ्गका रूपमा रहेको पत्रकारिताको क्षेत्रप्रति आफ्नो सधैँ सम्मान र उच्च विश्वास रहँदै आएको आएको पनि मन्त्री गुप्ताले स्पष्ट गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार