शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे सुवेदी

राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे सुवेदी

आषाढ २९, २०८२ आइतवार
आषाढ २९, २०८२ आइतवार
  • राप्रपा अध्यक्ष लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे सुवेदी

    ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ का संयोजक नवराज सुवेदी आइतबार निर्वाचन आयोग पुगेका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अनुशासन समितिको अध्यक्षबाट हटाएपछि आक्रोशित उनी लठ्ठी टेक्दै निर्वाचन आयोग पुगेका हुन् । उनले आफूलाई विधान विपरीत हटाइएको भनेर आयोगलाई जानकारी गराउने बताइएको छ । उनीसँगै राप्रपाका महामन्त्री धवलशमशेर राणालगायतका नेता कार्यकर्ताको पनि सहभागिता रहेको छ ।

    शनिबार बसेको राप्रपा इतर समूहको बैठकले लिङ्देनको निर्णयको विरोध गर्दै यस विरुद्ध निर्वाचन आयोगमा जाने निर्णय गरेको थियो । राप्रपा अध्यक्ष लिङदेनले सुवेदी पार्टीमा नरहेको निष्कर्ष निकाल्दै अनुशासन समितिबाट उनलाई हटाएका थिए । उनको स्थानमा रोशन कार्कीलाई अध्यक्ष बनाइएको छ । तर सुवेदीले आफू राप्रपाबाट अलग नभएको दाबी गर्दै अध्यक्षको कदमविरुद्ध आयोगमा उजुरी गर्न पुगेका हुन् ।

    सुवेदीले राजसंस्था पुनःस्थापनाका लागि गठिन संयुक्त जनआन्दोलन समितिको नेतृत्व लिए लगत्तै पत्रकार सम्मेलनमा राप्रपाको साधारण सदस्यता त्यागेको घोषणा गरेका थिए । तर, उनले राप्रपामा लिखित राजीनामा भने बुझाएका छैनन् । उनले सार्वजनिकरुपमा गरेको घोषणालाई नै राप्रपाले पार्टी परित्यागको रुपमा लिएको छ । राप्रपाको विधान अनुसार अनुशासन समितिको अध्यक्ष नियुक्त गर्दा पार्टी अध्यक्षले केन्द्रिय समिति वा कार्यसम्पादन समितिमा प्रस्ताव लैजानुपर्छ ।

    उक्त प्रावधानको उल्लंघन गरेको भन्दै संस्थापनइतर खेमाले निर्वाचन आयोग गुहार्ने निर्णय गरेको थियो । सगुन लावतीलाई प्रवक्ताबाट हटाउने निर्णयको पनि यो खेमाले विरोध जनाएको छ ।लठ्ठी टेक्दै निर्वाचन आयोगमा आएका सुवेदीले पत्रकारसँग बोल्न मानेनन् । उनले भित्रबाट काम सकेर निस्किएपछि प्रतिक्रिया दिने बताए । ‘हामी निस्किएपछि बोल्छौं, तपाईंहरू पनि नियममा हिँड्नुस,’ उनले पत्रकारलाई भने ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार