शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

‘जबज’ केबल राजनीतिक सिद्धान्त मात्रै होइन: विद्यादेवी भण्डारी

‘जबज’ केबल राजनीतिक सिद्धान्त मात्रै होइन: विद्यादेवी भण्डारी

आषाढ २८, २०८२ शनिवार
आषाढ २८, २०८२ शनिवार
  • ‘जबज’ केबल राजनीतिक सिद्धान्त मात्रै होइन: विद्यादेवी भण्डारी

    पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई सुखी र समृद्ध बनाउनु पर्ने बताएकी छिन् । मदन भण्डारी फाउन्डेसनले आज (शनिबार) गरेको जर्नल विमोचन कार्यक्रममा उनले वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई समृद्ध बनाउनु पर्ने बताएकी हुन् ।

    ‘वर्गीय शोषणलाई अन्त्य गरेर सबै नागरिकलाई स्वास्थ्य, शिक्षा, रोजगारी र अवसरको सुनिश्चितता प्रदान गर्दै सुखी र समृद्ध बनाउनु पर्छ,’ उनले भनिन्, ‘जबजको मूल भावना पनि यही हो ।’ जनताको बहुदलीय जनवाद (जबज) राजनीतिक सिद्धान्त मात्रै नभएर दार्शनिक चिन्तन समेत भएको उनले बताइन् ।

    ‘जबज केबल एउटा राजनीतिक सिद्धान्त मात्रै होइन, यो लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन पनि हो,’ उनले भनिन् ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षा प्राप्त गर्न नेकपा एमाले पनि जबजकै सिद्धान्तअनुसार अगाडि बढेको उनले बताइन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार