शुक्रवार, श्रावण ३० २०८२
शुक्रवार, श्रावण ३० गते २०८२

२०८२, श्रावण ३० गते

15th Aug 2025

    शुक्रवार, श्रावण ३० २०८२
images
images
images

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार छु: माधव नेपाल

मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार छु: माधव नेपाल

आषाढ २७, २०८२ शुक्रवार
आषाढ २७, २०८२ शुक्रवार
  • मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार छु: माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूमाथि मुद्दा लगाइएकै कारण पार्टीले बिदा गरे स्वीकार गर्न तयार रहेको बताएका छन् । 

    शुक्रबार काठमाडौँमा पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफूमाथि लगाइएको मुद्दाका आधारमा कमिटीले बिदा गरे आफू बिदा भएर जान तयार रहेको बताएका हुन् ।  

    आफूमा पार्टी बनाउने आँट रहेको र विभिन्न चुनौतीको सामना गरेर अघि बढ्ने उनले बताए । नेपालले आफूले जीवनमा एक पैसा पनि घुस नलिएको बताए ।

    नीतिगत निर्णयमाथि अख्तियारले छानबिन गर्न नपाउने व्यवस्था संविधानमा हुँदा हुँदै आफूमाथि प्रतिशोधपूर्ण ढङ्गले मुद्दा चलाइएको दाबी गर्दै उनले आफु नडराएको स्पष्ट गरे । 

    images
    images
    प्रतिक्रिया दिनुहोस्
    images
    images
    images
    images
    images
    images
    images
    भर्खरै
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार